बिहीबार, साउन १४ २०७८
काठमाडौं १८:०७
वासिङटन डिसी 08:22

अमेरिकाको विस्कनसिनमा हजुरबुवा-हजुरआमालाई गोली हानी हत्या गरेकोमा दोषी ठहर ,आजीवन कारागार हुने

इनेप्लिज २०७८ जेठ २९ गते २:१८ मा प्रकाशित

अमेरिकाको विस्कनसिनमा हजुरबुवा-हजुरआमालाई गोली हानी हत्या गरेकोमा दोषी ठहर गरिएको छ । १९ बर्षिय किशोरलाई यसै सिलसिलामा निर्णायक मण्डलल दोषी ठहर गरेको हो ।

उक्त किशोरले सन् २०१९ मा गोली हानी हत्या गर्दा उनि दोषी ठहर भएका हुन् । निर्णायकले बिहीबार फैसला सुनाउदै अलेक्ज्याण्डर क्राउस नामका किशोर मानसिक रुपले बिरामी छन् तर उनले आफ्नो कार्यहरू गलत गरेका थिए भनेर बुझ्न सक्थे भनि स्थानीय संचार माध्यम डब्ल्यूएलयूके-टिभीले जनाएको छ । उनलाई अगस्त १६ मा सजाय सुनाइने छ भने उनलाई दुई जीवन कैद हुने छ ।

सन् २०१९ को अप्रिलमा ग्रान्ड शुटको घरमा डेनिस र लेथा क्राउसलाई दुई गणनाको प्रथम श्रेणीको हत्या गरेकोमा दोषी आफूले स्वीकार गरेका थिए ।

तर उनले किन हत्या गरे भन्ने बारेमा खुलाईएको छैन । प्रहरीले उनले मार्नको लागि योजना बनाएको थुप्रै पन्नाहरु भेट्टाएका थिए भनि एबिसी न्युजले समाचार लेखेको छ ।

 

प्रतिक्रिया