क्यालिफोर्नियामा भएको सडक दुर्घटनामा ३ जना बालिकाको निधन ,एक गम्भीर घाईते
क्यालिफोर्नियामा भएको सडक दुर्घटनामा ३ जना बालिकाको निधन भएको दुखद समाचार छ भने एक गम्भीर घाईते भएकी छिन । प्रहरीले ठक्कर दिने सवारी साधनको व्यापक खोजी गरि रहेको जनाएका छन् ।
उक्त घटना क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्रको एक राजमार्गमा भएको हो । निधन हुने मध्ये २ जना पाङ्ग्रेकुर्सी(व्हिल चियर)मा रहेका थिए ।
उक्त घटना गत शनिबार भएको हो । क्यालिफोर्नियाको लुसर्न भ्यालीमा राती करिव १०:३० मिनेटमा सेतो शेभ्रोलेट सिल्भरडोले ठक्कर दिदा ३ जना बालिकाहरुको मृत्यु भएको हो ।
मृतक बालिकाहरुमा क्रमस ११ बर्षिय विलो सानचेज,१२ बर्षिय डेटोना ब्रोनस तथा सान्द्रा मिजर नामका बालिका परेका छन् । उनीहरु क्याम्प रक सडक नजिक हिड्ने क्रममा गाडीले ठक्कर दिएको एबिसीन्यूजमा समाचार छ ।
सान बर्नारडिनो काउन्टी अन्तर्गत मोजा भे समुदायको एक सडकमा दुर्घटना भएको प्रहरीले जनाएका छन् । साथै १४ बर्षिय बालिका नाटाली कोल अस्पतालमा गम्भीर अवस्थामा रहेकी छिन ।
तस्बिर : युएसए टुडे
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया