आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:५४
वासिङटन डिसी 13:09

अमेरिकामा २ करोड ८२ लाखले कोरोना जिते ,४२ प्रतिशतले पूर्ण खोप लगाउदा ४२ प्रतिशत संक्रमण न्यून

इनेप्लिज २०७८ जेठ २६ गते १०:५१ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १४ हजार ३१ जना संक्रमित भएका छन् । यस्तै गरि कोरोना भाइरसबाट ४ सय ३८ जनाको मृत्यु भएको छ ।

गत मंगलबार जुन ८ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा हाल सम्म २ करोड ८२ लाख २० हजार ८ सय ६३ जनाले कोरोना भाइरसलाई जितेका छन् । अर्थात् निको भएर घर फर्केका छन् ।

कोरोनाबाट संक्रमण हुनेको औसत दरमा विगत दुई हप्तामा ४२ प्रतिशतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ९७ हजार ९ सय ६ जनाको निधन भएको छ भने दुई हप्तामा २० प्रतिशतले मृत्यु दर घटेको छ ।

हाल अमेरिकामा २२ हजार १ सय ५८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।गत जुन ८ का दिन अमेरिकामा ६ लाख ५४ हजार ८ सय ७९ जनाले कोरोनाको जाँच गराएका छन् ।

अहिले बुधबार बिहान जुन ९ का दिनसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३३ लाख ९८ हजार २ सय ५७ रहेको छ ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४२.३ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५१.७ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६३.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५३. १ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८६.४ प्रतिशत र पूर्ण खोप ७५.६ प्रतिशत दिइएको छ ।

प्रतिक्रिया