शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:११
वासिङटन डिसी 14:26

राजनीति संक्रमण र कोरोना कहर

दीपक पन्त २०७८ वैशाख २१ गते १:२६ मा प्रकाशित

त्यसो त मुलुक सानो होस् या ठूलो ,धनि होस् या गरीब । देशको प्रधानमन्त्री चर्चा र केन्द्र बिन्दुमा नहुने कुरै भएन । तापनि गत बर्षको डिसेम्बर ५ मा अकस्मात संसद बिघटन गरि मध्याबधि निर्वाचनका लागि सिफारिस गरे पछि प्रधान मन्त्री के .पी. ओली, त्यस पछिका दिनहरुमा नेपाली राजनीतिमा मुख्य केन्द्र बिन्दुमा रहको यथार्थतालाई नकार्न सकिदैन ।

पछिल्लो गतिविधिलाई मात्र निहाल्ने हो भने छिमेकी मुलुक भारतमा भयङ्कर आँधी तुफान को गतिमा बढ्दो कोरोना महामारीको दोस्रो कहर र त्यसबाट छिट्टै पर्न सक्ने संभावित अकल्पनीय क्षतिका बाबजुद पनि उनी संसदबाट बिश्वासको मत लिने गृह कार्यमा जुटेका छन् ।

त्यसो त राजनैतिक तिकडमको सत्ता जुहारी भित्र कुनै दल र त्यसका नेता विशेष अछुतो छैनन् । सम्मानित सर्बोच्च अदालतको संसद पुनर्स्थापना सम्बन्धी निर्णयले ठूलै उथल पुथक हुने दाबी गर्दै सडकमा योजना बिहिन ढोल पिटाएका ने .का .का यूवा नेता गगन थापा देखी तत्कालिन नेकपा नेत्री रामकुमारी झाँक्री सम्म ,पुर्व प्रधान मन्त्री कमरेड प्रचण्ड देखी माधब,झलनाथ,बाबुराम सम्मले बजाएको ढोलको कम्पनले बालुवाटारको गाह्रो चर्किए पनि ढल्न सकेन।

तत् समयमा भर्खर कोरोना कहरको लामो बन्दाबन्दि पछि खुलेको अर्थ ब्यबस्थामा देश ,जनता र रास्ट्रका लागि खर्च गर्नु पर्नेमा सत्तामा बसेका लागि सत्ता लम्ब्याउने खेलको पासो बुन्न र सत्ताबाहिर भएका हरु वा आफू पदमा नभएमा आफ्नै दलको व्यक्तिहरु सरकार ढाल्ने खेलमै ब्यस्थ रहे। अझ ओलीको आत्म केन्द्रित निर्णय ,संसद बिघटनको सिफारिस पछि त गाउँ घर /घर सम्मका निमुखा जनतालाई संसद पुनर्स्थापनाका लागि उफार्नु उफारे ।

दलीय झुण्डमा टिकेको नेपालको राजनीति हजारौ जनताहरु प्रचण्ड -माधब देखि झाँक्रीका सभामा ताली ठोके । ने.का. बरिष्ट नेता रामचन्द्र पौडेल देखि ने.का. युवा उर्जावान नेताहरु गगन/प्रदीपले चर्को स्वरमा अनि शंकर भण्डारी देखि सुरेन्द्र पाण्डे सम्मले मलिनो स्वरमा प्रतिगमन बिरुद्दको आवाजमा स्वर मिलाए ।

हजारौ जनताहरु प्रदर्शनको हाट बजारमा बिके /बिकाइयो । पुर्व -पश्चिम /उत्तर -दक्षिण चारै दिशाबाट जनतालाई भेडा बनाउदै आ /आफ्नो शक्ति प्रदर्शनहरु भए । गराइए । सत्ताको निर्णय सहि भन्दै ओली -समुहले पनि शक्ति प्रदर्शनमा र निर्वाचन मध्याबधिका लागि कुनै कसर बाँकी राखेन । भेडा जनताका टाउकोको उपस्थिति गन्दै आम-सभाका साइजमा आफ्ना जुँगाका ताउहरु मिलाउने काम भयो ।

अन्ततगत्वा :गत फेब्रेवरी २३ का दिन बहु प्रतिक्षित सर्बोच्चको आदेश आयो । संसद पुनर्स्थापना भयो ।

तर खै ? के परिबर्तन भयो त? सर्बोच्चको आदेश पछि पनि ओली सरकारको आयु ३ महिना पुरा भएको छ । यो बिचमा ओली सरकार बहिर्गमनका प्रयासहरु नभएका भने होइनन् तथापि सर्बोच्चको निर्णय पछि संसारै जितिन्छ भन्नेहरुले आम सर्ब साधारणको प्रश्नको जवाफ कसरी देलान् । एउटा बैकल्पिक सरकार दिन पनि नसक्ने अबस्थामा उफ्रिने र उफार्ने नेताजीहरुले अब के के भनेर आफ्नो राजनीति घर्म बचाउ गर्लान ?

सम्माननीय राष्ट्रपति महोदया माथि लगाइयका शब्द घोच, डाँडा /काँडा कटाउने देखि आरोप-प्रत्यारोप बीच बालकोट फिर्ति बाटो बनाउने भाषण बाजी गरेका युवा नेता थापा देखि झाँक्री सम्मले आजको आजको यो जटिल परिस्थितिलाई कसरी निहाली रहेका छन् ?

यी नेताहरुको अदुरदर्शिता निर्णय हेर्दा मलाइ बाल पनमा खेलेको खेल गाइ कि त्रिशुल ? ( हिजो आज हेड या टेल ) को याद आयो । सधैँ गाई या त्रिशुल भनि बाजी मार्ने हामी बाल संगीहरु एकदिन सिक्का गुड्दै गएर ठाडो परेर अडिदा हामी अनिर्णयका बन्धि भएका थियौ । आज नेपालको राजनीति खेल त्यस्तै भएको छ ।

हामी पो बाल सुलभ थियौ । यी महान भनिएका क्रान्त्रिकारी नेताहरु ,आशा लाग्दा भनिएका युवा नेताहरुले तेस्रो धारबाट बेलैमा सोच्नु पर्छ कि पर्दैन ? हिजो आमसभामा जनता उफार्न बोलेका भाषणमा सत्यता कत्तिको छ ? संसद पुनर्स्थापना पछि सारा कुरा आफ्ना पल्लुमा पर्ने भाषण गरेका नेताहरुमा कुनै कारणबस सिक्का न गाइ /न त्रिशुल बनि ठाडो रहन सक्ने अबस्थाको अग्रिम सोच कसैमा देखिएन । सबैको एउटै कुरा थियो संसद पुर्स्थापना के.पी . ओली बहिर्गमन ।खै त आज ससद पुनर्स्थास्पना भयो । तर तिम्रा घोषित एजेन्डा कहा गयो ?

अब यो अध्याय पनि करिब करिब टुंगिएको छ । सबैले बुझी सके बैकल्पिक सरकार दिन नसक्ने अबस्थामा नेपालको राजनैति फसेको छ । विद्यमान राजनैतिक दल र त्यसका नेताहरुमा जनपक्षीय इमान्दारिता देखिएन । यसरी हेर्दा राजनीतिक संक्रमणको अध्याय समापनको लागि नयाँ जनादेश लिनुको बिकल्प देखिदैन भन्दा अतिसयुक्ति नहोला ।

सामुन्दिक लहरको बिचमा फसेको क्रुज जहाज जस्तो अबस्थामा नेपाल र नेपाली रहेको छ । छिमेकी राष्ट्र भारत महामारी कहरको मध्य भुमरीमा फसेको छ । यो अबस्थामा नेपाली जनता न त कुनै सत्ता परिबर्तनको इच्छा राख्छन । न कुनै राजनैतिक परिबर्तनको । आफु र आफ्ना बाल बच्चाको भरण पोषण मानै त्राहिमामको घन्टी बजेको यो कहाली लाग्दो प्राकृतिक बिपद्का बेला हरेकले संयमित हुनु जरुरी देखिन्छ ।

झन्डै एक बर्ष अगाडी कोरोना कहरको मारबाट बच्न गरिएको लामो लक्डाउनबाट आहात भएको सर्ब साधारणको दैनिकी अझै तंग्रि सकेको अबस्था छैन् । जर्जर देशको अर्थ व्यवस्थामा पछिल्लो समय पुन : देखिएको महामारी कोरोनाको प्रारुप: कसरी जाने चिन्तित तुल्यायी दिएको छ ।

यस्तो दर्दानाक अबस्थामा नेपाली श्रमजीवी बर्गको घरको चुलो कसरी बल्ला ? आम जनताको बिग्रदो स्वास्थ्यमा राज्यले कसरी पहुँच पुर्याउला?

हिजो अनेकौ सपना बोकाएर सडकमा उतारेका नेतागणले आज यो महामारीको मध्य भुमरीमा जनताका पक्षमा के बोलेका छन् ? के गरेका छन् ?

भाडामा बसी राजधानी लगायत ठुला शहरहरुमा दैनिक रोजगारी गरी गुजारा राख्ने श्रमजीवी बर्गको लागि के राहत बाँडेको छ ? आफ्नो स्वार्थ झुण्ड बनाउन मोसफल बाट सयौ बसहरु राजधानी उतार्ने नेता गणले आज कोरोना त्रासदीमा घर फर्कन के व्यवस्था गरेका छन् ?

यी र यस्तै जन अपेक्षित प्रश्नहरु आइरहदा मुलुक बदल्छु भन्ने नेताहरुले ,”राजनीति समायोजन”संक्रमणकालिन अबस्थाको अन्तिम निकास भए पनि कतै राजनीति प्रति नै नयाँ यूवा पिढिको वितृष्णा बढ्दै जाने कुरामा बेलैमा सोच्न जरुरी देखिन्छ ।

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया