शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५६
वासिङटन डिसी 15:11

युवा मन्त्री दिपक मनाङ्गेसँग फाईनआर्टस् यातायातका पदाधिकारीहरुको भेटघाट

इनेप्लिज २०७८ वैशाख १९ गते १३:११ मा प्रकाशित

पोखरा।युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गे सँग फाईनआर्टस् यातायात प्रा.ली.का पदाधिकारीहरुको भेटघाट तथा बधाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भयो।

युवा तथा खेलकुद मन्त्री राजीव गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी सञ्चालन गरेको तर पछि बाध्यताले छोड्न परेको बताउनु भयो। फाईनआर्टस् यातायात प्रा.ली.का अध्यक्ष ज्योती हमालले विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भएकोले खादाको प्रयोग बिना पनि बधाई तथा शुभकामना दिन मिल्ने बताँउदा मन्त्रिले आँफुलाई मनमा लागेको कार्य गर्नुपर्ने बताउनु भयो। मन्त्रिले आँफुले मन लागेको गर्दा आँफु बेला बेलामा जेल पर्ने गरेको जानकारी दिनुभयो।

जय कला क्रान्ति को लोगोको अर्थ प्रस्र्टाउदै फाईनआर्टस् यातायात प्रा.ली.का संरक्षक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले बिश्वमा शान्ति लाउन अगि बढेको जानकारी दिनुभयो।

फाईनआर्टस् यातायात प्रा.ली.का महासचिब नबिन थापा,व्यवस्थापक खुम बहादुर भुजेल,ईन्जार्ज अर्जुन गुरुङ्ग लगाएतले युवालाई साथ सहयोग हुने नीति तथा कार्यक्रम ल्याउन मन्त्रि मनाङ्गेलाई आग्रह गरेका थिए।

प्रतिक्रिया