बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५१
वासिङटन डिसी 14:06

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु

इनेप्लिज २०७७ चैत २८ गते ११:२८ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१ हजार ७ सय ६९ जना संक्रमित भएका छन । यसै गरि एकै दिनमा ९ सय ५६ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । गत शुक्रबार अप्रिल १० का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

गत हप्ता औसतमा दैनिक ६७.९२३ जना संक्रमित भएका थिए भने गत दुई हप्तामा औसतमा १२ प्रतिसतले संक्रमित हुने संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा अहिले सम्म कम्तिमा १७ करोड ८८ लाख ३७ हजार ७ सय ८१ जनाले प्रथम खोप लगाई सकेको जानकारी अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले दिएको छ । चार जनामा एक जना वयस्कलाई पूर्ण खोप लगाई सकिएको छ ।

अमेरिकामा हाल सम्म कूल ५ लाख ६० हजार ५ सय ३१ जनाको निधन भएको छ । हाल अमेरिकामा ४३,९०४ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन ।

हाल सम्म अमेरिकामा १ करोड ५२ लाख ७ हजार १ सय ६२ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भै सकेका छन् । अमेरिकामा हरेक दिन औसतमा ३० लाख खोप अमेरिकीहरुले लगाई रहेका छन ।

अमेरिकामा २१ प्रतिसतले पूर्ण तथा ३४ प्रतिसतले कम्तिमा १ खुराक खोप लगाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ । आज बिहान शनिबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ११ लाख ७ हजार २ सय रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रतिक्रिया