बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:४८
वासिङटन डिसी 14:03

टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन

अध्यावधिक गरिएको

इनेप्लिज २०७७ चैत २६ गते २३:०० मा प्रकाशित

टेक्ससमा गोली लागि निधन भएका स्व रमेश थापाको सहयोगार्थ गो फन्डमीमा खोलेको १८ घण्टामा १३ हजार ५ सय डलर सय संकलन भएको छ ।

उक्त गो फन्ड मि खाता ग्रेटर अस्टिन नेपाली सोसाइटीले खोलेको हो । अप्रिल ८ का दिन दिउसो खोलिएको गो फन्डमा २५ हजार डलर लक्ष्य राखिएको छ ।

अस्टिनको अत्यन्तै क्रियाशील संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटीले बिगतमा पनि समुदायमा थुप्रै सहयोग गरि सकेको छ ।

अस्टिन प्रहरी बिभागले जनाए अनुसार उनि बस्ने अपार्टमेन्ट (आवास गृह)क्षेत्रमा गत मंगलवार मध्यरातमा उनलाई गोली हान्दा उनको त्यही मृत्यु भएको थियो।

अस्टिन प्रहरीले ब्लफ स्प्रिन्ग्स रोड स्थित कंकर्ड अपार्टमेन्ट(आवासगृह)बाट करिव १२:३० बजे धेरै जनाले त्यहाँ बिहान गोली चलेको खबर गरेको जनाएका थिए । स्व थापा पोखरा महानगरपालीका वडा नं १८ सराडकोट पदेली निवासि हुन् भने हाल अमेरिकाको टेक्ससको अस्टिनमा बिगत ११ बर्षदेखि बस्दै आएका थिए । ३९ बर्षका थापाको कामबाट घर फर्किदै गर्ने क्रममा अज्ञात ब्यक्तिबाट उनलाई गोली प्रहार गर्दा उनको निधन भएको थियो । स्व थापाका पत्नी,१३ बर्षिय छोरा र बृद्ध बुवाआमा नेपालमा बसोबास गर्ने जानकारी गो फन्डमा उल्लेख गरिएको छ ।

घटनामा संलग्न संदिग्धहरुको ब्यापक खोज तलास भै रहेको प्रहरीले जनाएका छन ।

स्व थापालाई सहयोग गर्न यस गो फन्डको लिङ्क(सिक्री)मा थिच्नु होस् :

https://www.gofundme.com/f/fundraise-for-ramesh-thapa-funeral-and-family-help?

 

 

 

 

प्रतिक्रिया