आइतबार, चैत २९ २०७७
काठमाडौं २१:१६
वासिङटन डिसी 11:31

अमेरिकाको साउथ क्यारोलाइनामा भएको गोली काण्डमा एक चिकित्सक र उनकी पत्नी सहित ५ जनाको मृत्यु

इनेप्लिज २०७७ चैत २६ गते १०:४७ मा प्रकाशित


अमेरिकाको साउथ क्यारोलाइना राज्यमामा भएको गोली काण्डमा एक स्थानीय चिकित्सक ,उनकी पत्नी लगायत कूल ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चिकित्सकका २ नातीनातिना समेत परेको प्रहरीले जनाएका छन् ।

साउथ क्यारोलाइनाको योर्क काउन्टीमा भएको आम गोलीबारीमा ५ जनाको ज्यान गएको हो । उक्त गोलीकाण्ड गत अप्रिल ७ का दिन बुधबार भएको हो ।

योर्क काउन्टीको रक हिल स्थानमा गोलीबारी हुँदा चिकित्सक,उनकी पत्नी र २ जना नातिनातिना प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत सार्वजनिक गरेका छन् । काउन्टीका प्रवक्ताका अनुसार उक्त मृतक परिवार उक्त क्षेत्रका धेरै विशिष्ठ र प्रसिद्ध रहेको बताएका छन् ।

गोलीबारी ४:४५ मिनेटमा भएको खबर प्रहरीलाई गरिएको थियो । प्रहरीले उक्त गोलीकाण्डमा चिकित्सक रोबर्ट लेस्ली,उनकी पत्नी बार्बरा लेस्ली दुवै घरमै गोली लागेको कारण मृत अवस्थामा पाइएको प्रहरीले जनाएका छन् । त्यसै गरि गोलीबाट उनका नातिहरुमा जेम्स लेविस लगायतको निधन भएको प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरु घरबाटै काम गर्थे भने नातिनातिनाको उमेर ५ र ९ बर्ष भएको योर्क काउन्टीको कार्यालयले जनाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया