आइतबार, चैत २९ २०७७
काठमाडौं २१:०२
वासिङटन डिसी 11:17

स्व.गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन

इनेप्लिज २०७७ चैत २३ गते १०:०८ मा प्रकाशित

विराटनगर,२३ चैत।शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइराला स्मृति दोश्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ।

आगामी वैशाख १२ देखि १५ गतेसम्म यहाँ हुने विराटनगर ब्याडमिन्टन क्लब प्रतियोगिता संयोजक विनोद डाँगीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।

प्रतियोगितामा छ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ।१७ वर्ष मुनिका छात्र÷छात्रा,मेन्स सिङ्गल,उमेन्स सिङ्गल,४५ वर्षमाथि र ५५ वर्षकाबीच प्रतिस्पर्धा हुनेछ। विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिन सक्ने संयोजक डाँगीले बताउनु भयो।

क्लबले गत वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको हो।

प्रतिक्रिया