आइतबार, चैत २९ २०७७
काठमाडौं २२:०१
वासिङटन डिसी 12:16

पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी

इनेप्लिज २०७७ फागुन २४ गते १८:०३ मा प्रकाशित

पूर्ण खोप लगाएका व्यक्तिहरू अब मुखावरण बिना नै भेटघाट गर्न सकिने अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले जनाएको छ ।

कोरोना बिरुद्धको खोप (भ्याक्सिन) प्राप्त गरेका अमेरिकीहरूले मास्क (मुखावरण)नलगाई वा उनीहरूले सामाजिक दुरी नबनाई खोप लिएका हजुरबा हजुरआमा वा साथीभाइसँग भेटघाट गर्न सकिने बताएको छ । अर्थात भेला हुन अनुमति दिएको छ ।

सीडीसी उक्त मार्गनिर्देश सोमबार घोषणा गरेको छ । हजुरबा हजुरआमालाई भेट्न सक्नु हुनेछ र परिवारका सदस्यहरूलाई समेत आलिंगन गर्न सक्नु हुनेछ भनि मार्गनिर्देशमा उल्लेख गरेको छ ।

तर खोप प्राप्त गर्नुको मतलब तपाई यात्रा वा ठूलो समूहमा भेला या जम्मा हुनु हुदैन भनेको छ । सीडीसीका अनुसार खोप लगाईएका व्यक्तिहरूले अझै पनि मार्गनिर्देशलाई पछ्याउनु पर्ने जनाएको छ ।

जसले पूर्ण खोप लगाएको छ । यसको अर्थ उनीहरूले फाइजर वा मोडर्ना खोपको दोस्रो खुराक प्राप्त गरेको दुई हप्ता पछि वा जोन्सन एण्ड जोन्सनको एकल डोज (खुराक)प्राप्त गरेका छन् भने सुरक्षित रूपमा साथीहरू वा परिवार वरिपरि जसले खोप लगाएको छ भने अन्तरंग(इन्डोर )मा जम्मा हुन् सकिने जनाएको छ ।

तर समूहमा जहाँ कोही व्यक्तिले खोप लगाएको हुन् सक्छ र कसैले नलगाएको पनि हुन् सक्छ । खोप लगाईसकेको व्यक्ति अन्तरंग(इन्डोर) खोप नलगाएको व्यक्तिसंग भेटघाट गर्न सक्छ र संक्रमण हुने सम्भावना न्यून हुने हुनाले मुखावरण र सामाजिक दूरी बिना नै भेला पनि हुन् सकिने जनाएको छ ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया