आइतबार, चैत २९ २०७७
काठमाडौं २१:३४
वासिङटन डिसी 11:49

न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या

इनेप्लिज २०७७ फागुन १८ गते १:४५ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्कको एक अदालतका एक प्रहरीले अदालतकै शौचालयमा आफै गोली हानी आत्महत्या गरेको दुखद समाचार छ । न्यूयोर्क पोष्टको श्रोत अनुसार न्युयोर्क काउन्टी फ्यामिली कोर्ट(अदालत)मा सोमबार मार्च १ का दिन उनले शौचालयमा आफै गोली हानेका थिए ।

न्यूयोर्क पोष्टले उक्त ५० बर्षिय प्रहरीको नाम सार्वजनिक गरेको छैन । तर पोष्टका अनुसार उक्त घटना ६० लाफायेते मार्गमा ३:१० मिनेट जाँदा उक्त घटना भएको जनाएको छ ।

श्रोतका अनुसार ती अधिकारीले उनीसँग रहेका अदालतका एक प्रहरी अधिकारीलाई आफ्नो काम गर्न आग्रह गरेका थिए । उनी विश्राम लिन चाहेकोले उनि शौचालय तर्फ अगाडी हिंडेका थिए र त्यहाँ पुगे पछि आफैलाई गोली हानेका थिए ।

उक्त गोलीको आवाज अदालत कै महिला अधिकारीले सुनेकी थिइन् । मृतक प्रहरी अधिकारीका ३ जना दाजुभाई त्यही अदालतमा कार्यरत छन भने उनको त्यही निधन भएको थियो ।

यो केवल एक दुखद हो,” न्यू योर्क राज्य अदालत अधिकारी संघका अध्यक्ष डेनिस क्विर्कले भने। “बिहान संघ प्रतिनिधि उनि सँगै थिए। उनलाई कुनै समस्या थिएन । उनि खुसी थिए ,शौचालयमा गए र उनले त्यस्तो गरे ”भनि दुख पोखे ।

क्विर्कले उक्त व्यक्तिलाई “महान् अधिकारी ” भनेर चर्चा गरे र १५ बर्ष भन्दा ज्यादा काम गरेका थिए ।

श्रोत : न्युयोर्क पोष्ट

प्रतिक्रिया