अमेरिकाको मेरिल्याण्डमा गल्तीले उल्टो बाटोमा गाडी चलाउदा दुई महिलाको मृत्यु
अमेरिकाको मेरिल्याण्ड राज्यमा गल्तीले उल्टो बाटोमा गाडी चलाउदा दुई महिलाको मृत्यु भएको छ । आइतबार फेब्रुअरी २१ का दिन मेरिल्याण्ड राज्य स्थित राजमार्ग ५० मा उक्त घटना प्रहरीले जनाएका छन् ।
उक्त सवारी साधन दुर्घटनामा परि ३१ बर्षिय र ५३ बर्षिय महिलाको निधन भएको मेरिल्याण्ड राज्य प्रहरीले बताएका छन् । कम उमेरकि युवतीले गलत दिशामा गाडी चलाउदा दुर्घटना भएको प्रहरीले बताए ।
उनीहरुको नाम सार्वजनिक गरिएको छैन भने परिवारको कारण विचाराधीनमा रहेको छ ।
एक प्रारम्भिक अनुसन्धानका अनुसार ३१ बर्षिय महिलाले हायातभिल र सेभर्ली क्षेत्रको केनिलवर्थ मार्गबाट बाहिर निस्केर आउने क्रममा पूर्वीय मार्गबाट सेतो रंगको हन्डा सिभिक जातको गाडी पश्चिम घुमाएकी थिइन् ।
उक्त घटना हुना साथ प्रहरीहरु त्यहाँ पुगेका थिए । उक्त घटना बिहान ५ :१० मिनेटमा भएको थियो । ठूलो दुर्घटना हुँदा दुवैको घटनास्थलमै मृत्यु भएको घोषणा गरिएको थियो । उक्त दुर्घटना पछि केही समयको लागि बाटो बन्द गरिएको थियो ।
श्रोत :डब्लुटिओपी
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया