शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:४९
वासिङटन डिसी 02:04

बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

इनेप्लिज २०७७ माघ १२ गते १२:२१ मा प्रकाशित

राष्ट्रपति जो बाइडेन आज जनवरी २५ का दिन सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । राष्ट्रपति बाइडेनले संघीय उत्पादनमा सरकारको खरीद अमेरिकी नियम सुदृढीकरण गर्ने आफ्नो अभियानको वाचा पूरा गर्ने प्रक्रिया अगाडि बढाउँदै अमेरिकी उत्पादनलाई प्रोत्साहन दिने छन।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका यस्तै कार्यकारी आदेशहरू खासै प्रभाव भएनन् किनभने उनको प्रशासनले कार्यालयको अन्तिम दिनसम्म उनको औपचारिक परिवर्तनको प्रतीक्षा गरिरहेका थिए ।

यसको विपरित, बाइडेनले प्रक्रियामा मौलिक परिवर्तन प्रदान गर्न १८० दिनको म्याद तय गर्ने एक प्रशासन अधिकारीले बताएका छन् ।

“उनको विश्वास छ कि हामी अमेरिकी उत्पादन र हाम्रो औद्योगिक मजबुतताको पुनर्निर्माण गर्न सक्दछौं। यसको एउटा ठूलो अंश अमेरिकालाई पुनर्निर्माण गर्न करदाताले पैसा प्रयोग गर्दा हामी अमेरिकी किन्छौं र अमेरिकी रोजगारलाई समर्थन गर्छौं” भन्ने धारणामा केन्द्रित रहेको अधिकारीले बताए ।

उक्त आदेश गत हप्ता बाइडेनले हस्ताक्षर गरेका आदेश पछि यो आउने भएको हो ।

श्रोत :सिएनएन

प्रतिक्रिया