सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ गरिएको छ । गत जनवरी ६ का दिन जो बाइडेनलाई ४६ औ अमेरिकी राष्ट्रपति हुनबाट बन्चित गर्ने उद्धेश्यले भेला भएका ट्रम्पक समर्थकले सदनमा दंगा र तोडफोड गरेकाहारुको एफबिआइले व्यापक खोज गरि रहेको समयमा उनलाई पक्राउ गरिएको हो ।
संघीय अधिकारीहरुले उक्त जानकारी गत बुधबार दिएका हुन् । कनेक्टिकट रिजफिल्डका २३ बर्षिय प्याट्रिक म्याककगी तृतीयलाई गत मंगलबार न्युयोर्कको साउथ सलेममा पक्राउ गरिएको जनाइएको छ ।
उनलाई प्रहरीलाई आक्रमण ,निषेधित क्षेत्र प्रवेश,दुर्ब्यबहार र हिंसक प्रवेश जस्ता आरोप लगाईएका छन् । उनलाई गत बुधबार बिना जमानत हिरासतमा लिइएको छ । उनको क्रियाकलाप निकै उपद्रव र उनको क्रियाकलापले समुदायलाई खतरा हुने उनलाई थुनामा राख्न संघीय न्यायाधिशले आदेश दिएका छन् ।
.उनलाई अर्को महिना न्युयोर्कबाट वाशिंगटन डिसी सुपुर्दगी गरिने छ ।
श्रोत :एपी/डब्लूटिओपी
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया