ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना देखिएको छ । उनको ४ बर्षे कार्यकालको अन्तिम दिन मंगलबार जनवरी १९ सम्म उनले क्षमादान दिने व्यक्तिहरुको घोषणा गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी बुधबार जनवरी २० का दिन सपथ ग्रहण पछि ४५ औ राष्ट्रपति डोनाल्ड ट्रम्प भूतपूर्व राष्ट्रपति हुनेछन । संचारघरहरुले १०० जना भन्दा ज्यादालाई क्षमादान गर्ने समाचार लेखेका छन् । जसको लागि अन्तिम सूची तयारी भै रहेको समेत जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले गत आइतबार उनकी छोरी इभंका,ज्वाई जरेड कुश्नर र अन्य सहायकसँग क्षमादान दिने बिषयमा छलफल भएको समाचार वाशिंटन पोष्ट तथा अन्यले समाचार प्रकाशित गरेका छन ।
गत हप्तामा ट्रम्पले विशेष गरी आफ्नो वयस्क सन्तानहरु ,शीर्ष सहयोगी र आफैंलाई अग्रगामी क्षमा जारी गर्ने कि भन्ने सवालमा निकै छलफल गरेका थिए भनि श्रोतका अनुसार भनि संचार माध्यमले उल्लेख गरेका छन् ।
सहयोगीहरूका अनुसार ट्रम्पका परिवारका कुनै पनि सदस्यहरूले क्षमादानको अपेक्षा गर्दैनन । न त ट्रम्प या उनका सन्तानहरुलाई कहिले आपराधिक अभियोग लागेको छैन भन्ने तर्क पनि आएको छ ।
तर राष्ट्रपतिले स्वयमलाई माफी दिदा प्रश्न यो उब्जिएको छ कि गत जनवरी ६ मा ट्रम्पका समर्थकहरुद्वारा सदनमा दंगा र आक्रमण गरे पछि अधिक जरुरी र विवादास्पद भएको छ। उनका केही सहयोगीहरू भन्छन् कि भीडलाई उक्साउन ट्रम्पले आपराधिक दायित्व सामना गर्नु पर्ने हुन् सक्छ भनेका छन् ।
श्रोत : वाशिंगटन पोस्ट ,तस्बिर :न्युयोर्क डेली न्युज
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया