मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:२६
वासिङटन डिसी 01:41

डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ

इनेप्लिज २०७७ माघ ३ गते २१:२४ मा प्रकाशित

वाशिंगटन डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्तिलाई पक्राउ गरिएको छ । आगामी जनवरी २० मा हुने निर्वाचित राष्ट्रपति जो बाइडेनको उदघाटन तथा सपथग्रहण नजिकिदै जाँदा सुरक्षा व्यवस्था कडा गरि रहेको समयमा उनलाई जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

युएस क्यापिटल (सदन)प्रहरीले डिसीको मध्यशहरको एक जाँच केन्द्रलाई गत शुक्रबार काटेर जाने प्रयास गर्दा नक्कली परिचय-पत्र बोकेका उनलाई हिरासतमा लिइएको छ ।

उक्त संदिग्ध व्यक्तिले गोली भरिएको हाते बन्दुक सहित करिव ५ सय गोलीहरु ल्याएको जानकारी प्रहरीको एक प्रतिवेदन तथा कानुन प्रवर्तकहरुले गरेको एक जानकारीमाउक्त कुरा उल्लेख गरेको समाचार सिएनएनले जनाएको छ ।

उक्त घटना करिव ६:३० मिनेट साँझ पछि घटेको हो । भर्जिनिया फ्रन्ट रोयलका वेस्ले एलेन बिलर नामक उक्त व्यक्तिले ल्याएको सवारी साधन रोके पछि उक्त कुरा खुलासा भएको हो ।

उनलाई सोधपुछ गर्ने क्रममा उनिसंग गल्क अर्ध स्वचालित बन्दुक रहेको बताएका थिए । श्रोतका अनुसार उक्त बन्दुकमा १७ वटा गोली तयारी अवस्थामा रहेको पाइएको थियो ।

पछाडी अनुसन्धान गर्नेक्रममा बन्दुक र ५०९ वटा गोली तथा बन्दुकको पत्रिका समेत प्रहरीले फेला पारेको डिसी महानगर प्रहरी विभागले जनाएको छ ।  उनलाई दर्ता नगरिएको बन्दुक र दर्ता नभएको गोली तथा अन्य आरोप सहित पक्राउ गरिएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया