अमेरिकामा एकैदिनमा ४३०० सयको कोभिड-१९ बाट मृत्यु,अहिले सम्म कै उच्च र भयावह स्थिति
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १५ हजार ८ सय ५ पुगेको छ । यसै गरि एकैदिनमा मृत्यु हुनेको संख्या ४ हजार ३ सय २७ पुगेको छ । गत जनवरी १२ मंगलबार दिन २४ घन्टामा उक्त संख्या पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ।
महामारी भए देखि यता उक्त संख्या अहिले सम्म कै अत्यधिक उच्च हो । बिगत ८ दिन देखि लगातार २ लाख भन्दा ज्यादा मानिस हरेक दिन संक्रमित भै रहेको तथ्यांक आएको छ ।
हाल सम्म अमेरिकामा २ करोड ७६ लाख ९६ हजार १ सय ५० खोप वितरण भै सकेको छ भने कम्तिमा ९३ लाख २७ हजार १ सय ३८ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।
अमेरिकामा लगातार ४१ दिन देखि १ लाख भन्दा ज्यादा कोभिड-१९ बाट संक्रमित हुने मानिसहरु अस्पताल भर्ना भएका छन् ।
हाल सम्म कूल २ करोड ३२ लाख २ हजार ७ सय ९७ संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ८० लाख १ हजार ८ सय ८६ पुगेको छ । यसै गरि अमेरिकामा कूल मृत्यु हुनेको संख्या ३ लाख ८५ हजार ९ सय १३ पुगेको छ ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया