न्यु इंगल्याण्डका मुख्य प्रशिक्षकद्वारा राष्ट्रपति स्वतन्त्रता पदक अस्वीकार
अमेरिकी फुटबल((लात्ते भकुण्डो हैन ))का प्रख्यात टोली न्यु इंगल्याण्डका पेट्रीयटका मुख्य प्रशिक्षक बिल बेलीचिकले राष्ट्रपति स्वतन्त्रता पदक लिन अस्वीकार गरेका छन । आगामी बिहिबार उनलाई उक्त पदक व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदान गरिने कार्यक्रम रहेको थियो ।
उनले ” अघिल्लो हप्ता दुखद घटना” भएको उल्लेख गर्दै उक्त निर्णय गर्नु परेको जनाएका छन् । बेलीचिकले एक विज्ञप्तिमा प्रकाशित गर्दै भने , “हालसालै मलाई स्वतन्त्रताका राष्ट्रपति पदक प्राप्त गर्ने अवसर प्रस्ताव गरिएको थियो ।
“पछि, गत हप्तामा दुखद घटनाहरू भए र पुरस्कारको लागि अगाडि नबढने निर्णय गरियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, म एक अमेरिकी नागरिक हुँ जसले हाम्रो देशको मूल्य, स्वतन्त्रता र लोकतन्त्रप्रति ठूलो श्रद्धा राख्छु।” भनि उक्त बिज्ञप्तिमा उल्लेख गरेका छन ।
बेलीचिक २०० देखि पेट्रीयटकाका प्रमुख प्रशिक्षक हुन् भनेर उनले छ वटा सुपर बाउल्स (प्रतियोगिता) जितेका छन । जुन एनएफएल प्रमुख प्रशिक्षकको लागि कीर्तिमान हो । सन् २०१६ मा उनले ट्रम्पलाई समर्थन गर्ने पत्र पठाएका थिए ।
श्रोत : सिएनएन
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया