आइतबार, साउन १० २०७८
काठमाडौं १४:११
वासिङटन डिसी 04:26

खेलकूदलाई व्यवसायीकरण गरी अगाडि वढ्नु पर्छ–मुख्यमन्त्री राई

मनोज दाहाल २०७७ पुष ३ गते २२:२८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,३ पुस(रासस):प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले खेलकूदलाई व्यवसायिकरण गरी आगाडि वढाउनु पर्ने बताउनु भएको छ।

आइटीफ तेकाण्डो संघद्वारा प्रदेशस्तरीय प्रथम तेकाण्डे टेक्निकल समिनार कोर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले यस क्षेत्रको माध्यमबाट मुलुकलाई धनी, सुखी र सम्पन्न बनाउने अभियानका लाग्न खेलाडीहरुलाई आग्रह गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउदै यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको विचार राख्नु भयो।

उहाँले प्रदेश खेलकूद परिषद चाँडै गठन गर्ने जानकारी दिदै सङ्घीयता स्थापना पछि खेलाडीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधी हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताउनु भयो।

उहाँले यसप्रदेशबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलविधामा प्रतिस्पर्धा गरेका खेलाडीहरुलाई सम्मान गरेको स्मरण गराउदै प्रदेशलाई खेलकूद केन्द्रको रुपमा विकास गर्ने कार्य भइरहेको विचार व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले कार्य गरिरहेको जानकारी दिदै खेलकूदको आवश्यक विकासका लागि लाई चाहिन पूर्वाधार एवं प्रशिक्षण उपव्ध गराई खेलकूद कारखानाको रुपमा विकास गर्ने बताउनु भयो।

उहाँले आफ युवा अवस्थामा भोजपुर जिल्लाको उत्कृष्ट भलिवल खेलाडी रहेको स्मरण गर्दै राजनीतिमा आएको कारण खेलकूदमा समय दिन नसकेपनि खेलकूद क्षेत्रको विकास,पूर्वाधार निर्माण,खेलाडीहरुको सम्मान गर्ने कार्यमा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो।

नेपाल कम्यूनिस्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीहरुले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिनु भयो।

आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोराना माहामारीबाट सवैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउदै खेलकूद संघसंसको नेतृत्व राजनीतिक भागवण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताउनु भयो।

कार्यक्रम संयाजक जीतन थापा,आइटीफ प्रदेश अध्यक्ष प्रवीण कार्की र जिल्ला अध्यक्ष प्रल्हाद राउतले तीन तहको सरकारले यस क्षेत्रको विकास र खेलाडीहरुलाई उचित प्रशिक्षणका व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो।

प्रदेशका १३ जिल्ला पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीहरुलाई दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविकि,व्यवहारीक, आत्मसुरक्षा र निर्णायक सम्वन्धमा प्रशिक्षण दिइने भएको छ।

सो अवसरमा प्रदेश अध्यक्ष कार्की र अन्य खलाडी तेकाण्डको आत्म सुरक्षा सम्वन्धी प्रर्दशनी गर्नु भएको थियो।

प्रतिक्रिया