बुधबार, साउन २० २०७८
काठमाडौं ०५:१८
वासिङटन डिसी 19:33

डिसीमा ट्रम्पका समर्थकहरूद्वारा आयोजित जुलुस प्रदर्शनीमा ४ जना माथि छुरा प्रहार ,२४ जना गिरफ्तार

इनेप्लिज २०७७ मंसिर २८ गते १५:१८ मा प्रकाशित

गत शनिबार डिसेम्बर १२ का दिन राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएकोलाई त्यसलाई पल्टाउन गरिएको प्रयासहरूको समर्थन जनाउन डिसीमा बिरोध जुलुस प्रदर्शन हुँदा चार जनालाई छुरा प्रहार गरिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था राम्रो रहेको र जोखिममुक्त रहेका छन् ।

यसै शिलशिलामा २४ जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएका छन् । उनीहरुलाई प्रहरीमाथि हमला, साधारण आक्रमण, उपद्रव क्रियाकलाप ,निषेधित हतियार ल्याएको र निषेधित क्षेत्र पार गरेको बिबिध आरोपमा पक्रिएको हो ।

उक्त जुलुसमा ट्रम्पका समर्थक प्रदर्शनकारी र प्रदर्शनकारी विरुद्ध झडप भएको थियो । हजारौं प्रदर्शनकारीहरुले निर्वाचनमा धाधली गरि जो बाइडेनले चुनाव जितेको भन्ने गलत सन्देश प्रचार गरेका कारण उनीहरुले चोरी रोक ” र “चार वर्ष” भन्दै ट्रम्पको समर्थनमा झन्डा फहराउँदै नारा लगाउँदै भेला भएका थिए ।

यस प्रदर्शनमा दुई सबैभन्दा प्रख्यात समूहहरू “मिलियन मेगा मार्च” र “अमेरिकाका लागि महिला प्रथम ” दुबै समूहले “पारदर्शिता” को लागी आह्वान गरिरहेका थिए किनभने आगामी सोमबार डिसेम्बर १४ का दिन निर्वाचकीय मत (इलेक्टोरल कलेज)ले हुदैछ । निर्वाचकीय मत (इलेक्टोरल कलेज)मा बाइडेन बिजयी घोषित हुनेछन । त्यसैलाई ध्यानाकर्षण र अलमलाउन यो जुलुसको आयोजना गरिएको हो ।

श्रोत :डब्लुटिओपी ,तस्बिर कृतज्ञता :एनाडोली एजेन्सी

प्रतिक्रिया