शनिबार, माघ ३ २०७७
काठमाडौं ०१:५२
वासिङटन डिसी 15:07

उत्तराधिकारीको सपथग्रहण उद्घाटनमा भाग लिन अस्विकार गर्ने ट्रम्प इतिहासको चौथो राष्ट्रपति हुने

ईतिहासमा को को उपस्थिति भएका थिएनन् ?

इनेप्लिज २०७७ मंसिर २० गते १३:३३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा भाग लिने हो या हैन भन्ने कुरा अझ पनि स्पष्ट भै सकेको छैन । सहभागी हुने कम सम्भावना भनि अपेक्षा गरिएको छ । उनको अर्कै योजना समेत रहेको हुन् सक्ने पत्रपत्रिकाले लेखेका छन ।

बाइडेनले जनवरी २० मा युएस क्यापिटोलमा ट्रम्पको उपस्थिति एक महत्वपूर्ण संकेत हुनेछ, उनले सीएनएनलाई भने: “यो पूर्णतया उनको निर्णय हो र यो मेरो कुनै व्यक्तिगत परिणाम होइन,” तर थपे, “मलाई लाग्छ कि यो देशको लागि हो। ”

यद्यपि ट्रम्पले हार अझ पनि स्वीकार गरेका छैनन् भने अझ पनि निर्वाचकीय मत (इलेक्ट्रोरल भोट )मा अनेक तिकडम र षडयन्त्र सिद्धान्तमा व्यस्त रहेका छन् । कसरी बाइडेनलाई निर्वाचकीय मत (इलेक्ट्रोरल भोट )बाट बन्चित गर्ने अनेकौ प्रपन्च अपनाई रहेको देखिएको छ ।

एनबीसीका अनुसार ट्रम्पले बाइडेनको सपथ ग्रहण उद्घाटनमा भाग लिने योजना बनाएका छैनन भनि उल्लेख गरेको छ । आगामी २०२४ को लागि उही दिन व्हाइट हाउस पुनः फर्कने सक्ने अभियान घोषणा गर्न पनि सक्नेछन् भनि पत्रपत्रिकाले समाचार प्रकाशित समेत गरेका छन ।

यता एक-अवधि मात्र राष्ट्रपति भएका पूर्व राष्ट्रपति जर्ज एच.डब्ल्यू बुसले १९९२ मा बिल क्लिन्टनसँग पराजित भएपछि बुशले आफ्ना समर्थकहरूलाई “शक्तिको सहज संक्रमणलाई सुनिश्चित गर्न आफ्नो टोलीसँग सँगै मिलेर काम गर्ने प्रतिबद्ध छु ।” भनि बताएका थिए ।

उत्तराधिकारीको सपथ ग्रहण उद्घाटनमा भाग लिन अस्विकार गरेमा ट्रम्प इतिहासको चौथो राष्ट्रपति हुनेछन् । अमेरिकी ईतिहासमा आफ्नो प्रतिस्प्रद्धिले जिते पछि सरल रुपमा हस्तान्तरण प्रक्रिया केही सुमधुर रुपले सम्पन्न भएका छैनन ।

१८०१ मा राष्ट्रपति जोन एडम्सले आफ्नै उप राष्ट्रपति थोमस जेफर्सनको उदघाटनमा उपस्थिति जनाएका थिएनन । त्यस समयमा निर्वाचकीय मतदाताहरूले दुईपटक मतदान गरेका थिए जसमा उप-राष्ट्रपति र राष्ट्रपति पदमा दोस्रो सबैभन्दा बढी र सबैभन्दा बढी मतको साथ उम्मेदवारहरू थिए।

बराबर मत प्राप्त गरे पछि थोमस जेफर्सन छनौट भएका थिए भने एडम्सको कार्यकाल समाप्त भएको थियो । समारोह अघि उनले मार्च ४ बिहान वाशिंगटन छोडेका थिए ।

एडम्सले १८२९ मा एन्ड्र्यू ज्याक्सनको समारोह अघि वाशिंगटन छोडेका थिए । सन् १८६९ मा ट्रम्प जस्तै महाभियोगको मुद्दामा एन्ड्र्यू जोनसन बचेका थिए ।

यसै गरी अमेरिकाका १८ औ पूर्व राष्ट्रपति जनरल युलेसिज एस ग्रान्टको उद्घाटनमा उपस्थित हुन उनले अस्विकार गरेका थिए । उनि बरु कानूनमा हस्ताक्षर गर्न व्हाइट हाउसमा प्राथमिकता दिएका थिए ।

सन्‌ १९२१ मा स्वास्थ्य खरावको कारण वुड्रो विल्सन २९ औ पूर्व राष्ट्रपति वारेन जी हार्डिंगको उद्घाटनमा उपस्थित हुन असमर्थ भएका थिए । यद्यपि उनीहरू एकसाथ व्हाइट हाउसबाट क्यापिटोल सम्म पुगेका थिए ।

यसै गरि अगस्त ९,१९७४ का दिन रिचर्ड निक्सनले दिउँसो राजीनामा गरे र मरीन वन(व्हाइट हाउसको उदग्रविमान-हेलिकप्टर )बाट उडान गरेका थिए । त्यसपछि ३८ औ राष्ट्रपति जेरल्ड फोर्डले ह्वाइट हाउसमा पदको शपथ ग्रहण गरेका थिए ।

यस्तै मार्च ४,१८४१ मा अमेरिकी ८ औ रास्ट्रपति मार्टिन भान बुरेनले पनि विलियम हेनरी ह्यारिसनको उद्घाटनमा सहभागी जनाएका थिएनन तर उनका उप राष्ट्रपति रिचार्ड मेन्टर जोन्सनले भाग लिएका थिए ।

ट्रम्पका अत्यधिक नजिकका परम सहयोगी लिन्डसे ग्राहमले राष्ट्रपतिले उक्त कार्यक्रममा उपस्थित हुनुपर्दछ भन्ने धारणा राखेका छन् । यस हप्ता पत्रकारलाई भनेका थिए, “मलाई लाग्छ यो देशको लागि राम्रो छ। यो उनको लागि राम्रो हुनेछ।”

श्रोत : न्यूजवीक

प्रतिक्रिया