पेनसेल्भेनिया सर्वोच्च अदालतद्वारा ट्रम्पलाई अर्को झड्का
राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनका सांसदद्वारा पेनसेल्भेनियाको सर्वोच्च अदालतमा अनुपस्थित मतपत्र बदर गरि पाउ भनि हालिएको मुद्धालाई सर्वोच्च अदालतले पुन :अस्विकार गरि दिएको छ । न्यायाधिशले शनिबार हालिएको मुद्धालाई खारेज गरि दिएका छन् ।
दुई दर्जन भन्दा ज्यादा अदालतमा मुद्धा अमेरिकाभरि हाल्दै गर्दा यत्र तत्र सर्वत्र न्यायालयले अस्विकार गरि झड्का माथि झडका दिएका छन् । ट्रम्पआई व्हाइट हाउस छोड्ने बेलामा ठूलो बज्रपात भएको छ ।
पेन्सेल्भेनियाका अमेरिकी जनप्रतिनिधि सांसद माइक केली तथा अन्य रिपब्लिकनहरुले अनुपस्थिति मतपत्रलाई बदर गर्ने अन्तिम प्रयासलाई न्यायालयले तुसारापात गरि दिएको छ ।
ट्रम्प र रिपब्लिकनहरु अझ पनि निर्वाचित राष्ट्रपति जो बाइडेनको जीतलाई स्वीकार गरेका छैनन् भने ट्रम्पले हार समेत स्वीकार गरेका छैनन । तर यता सत्ता हस्तान्तरण प्रक्रिया र अन्य प्रक्रिया सुरु भै सकेको छ ।
ट्रम्पले हार अस्विकार गरेता पनि ट्रम्पले एफबीआईसंग झूट बोलेको कारण पक्राउ परेका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ़्लेनलाई माफी दिएका छन । व्हाइट हाउस छोड्ने अन्तिम समयमा आममाफी दिने राष्ट्रपति ट्रम्पले फ़्लेनलाई सहयोग गरेका हुन् ।
सांसद केली र अन्यलाई न्यायधिशहरुले सर्वसम्मतिले उनीहरुको विपक्षमा निर्णय सुनाएका थिए । सात जना मध्ये ५ जना न्यायाधीशले मुद्धा दायर निकै ढिलो भएको जनाएका छन । र न्यायाधिशहरुले राज्यमा अनुपस्थित मतदान प्रक्रिया स्थापना भएको एक वर्ष पछि र लाखौं पेन्सल्भेनियालीहरूले राम्रो विश्वासका साथ मतदान गरेको उनीहरू विश्वास गर्दछन भनि लेखेका छन् ।
अदालतले आफ्नो बहुमतमा लेखेको छ, “यो पेचीलाले तत्काल दाबी प्रस्तुत गर्न यथोचित लगनसहित कार्य गर्न असफल भएको कुरा हो।”
श्रोत : सिएनएन
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया