बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ००:०६
वासिङटन डिसी 13:21

आजिबन सदस्यता र चरित्र हत्या बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिङटन डिसी मेट्रो कमिटीको प्रेस बिज्ञप्ती

इनेप्लिज २०७७ मंसिर ६ गते २३:१४ मा प्रकाशित

हालै सामाजिक सञ्जाल (फेसबुकमा) नारायण अधिकारि नाम गरेका ब्यक्तिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीका तत्कालिन अध्यक्ष श्री रामप्रसाद खनालज्यू लाई सँस्थाको विधान, नीति र नियम अनुसार बितरित गरिएका आजीवन सदस्यताको विषयमा चरित्र हत्या गर्दै लेखेको स्ट्याटस प्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।उक्त सामाजिक सञ्जालमा आएका कुराहरू काल्पनिक र आधारहिन छन्।

खनाल अध्यक्ष हुँदा आजीवन सदस्यता डि सी मेट्रो कमिटीको आफ्नै फर्मेट, जुन फर्मेट सँस्थाका पिता / सँस्थापक श्री होमनाथ सुबेदी ज्यू सँगको परामर्शमा र वहाँकै सहयोगमा सँस्थाका आजीवन सदस्य श्री गुहनाथ पौडेलज्यूले डिजाइन गरिदिनु भएको थियो।हामीले वितरण गरेका आजीवन सदस्यता नियमानुसार अध्यक्षका नाताले खनालज्यूले र धेरै जसोमा सँस्थापक अध्यक्ष श्री होमनाथ सुबेदीज्यूले हस्ताक्षर गर्नुभएको छ । यस बाहेक आयोजित कार्यक्रमहरूमा प्रमुख अतिथिको रूपमा आमन्त्रित व्यक्तित्वहरूले र अध्यक्षका हैसियतले खनालले हस्ताक्षर गरेका बाहेक दुबै कार्यकालमा अरू कुनै प्रमाणपत्र बितरण गरिएको छैन । केन्द्रबाट हालसम्म कुनै आजीवन सदस्यता प्रमाण पत्र आएको छैन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीबाटै वितरण गरिएका आजीवन सदस्यता बारे कुनै जिज्ञासा भए अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीसंग, सँस्थाका पिता / सँस्थापक श्री होमनाथ सुबेदी ज्यू संग र हाम्रो सिङ्गो कमिटीसंग जानकारी लिन सरोकारवालालाई अनुरोध गर्दछौं ।

यस प्रकारका कपोल्कल्पित र चरित्र हत्या गर्ने कार्य बन्द गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटी सम्बन्धित ब्यक्तिलाई सचेत गराउन चाहन्छ।

धन्यवाद ।

मुकुन्द कोईराला
महा-सचिव
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
वाशिङ्गटन डि सी मेट्रो कमिटी

प्रतिक्रिया