बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:०१
वासिङटन डिसी 15:16

अमेरिकामा सर्वाधिक कोरोनाबाट संक्रमित ,एकैदिनमा १ लाख ९५ हजार सक्रमित ,१८७८ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर ६ गते १२:३९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९५ हजार ५ सय ४२ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा १ हजार ८ सय ७८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत शुक्रबार नोभेम्बर २० का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । लगातार ११ औ दिन सम्म हरेक दिन १ लाख भन्दा बढी नया संक्रमितको संख्यामा वृद्धि भएको छ । गत नोभेम्बर २० शुक्रबारको दिन एकैदिनमा १ लाख ८७ हजार ८ सय ३३ नयाँ कोरोना संक्रमित भएका थिए ।

हाल सम्म कूल १२ करोड १ लाख ६ हजार जना संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४२ लाख ७० हजार पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ५९ हजार २ सय ३१ पुगेको छ ।

श्रोत :सिएनएन /जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया