बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:३६
वासिङटन डिसी 20:51

जर्जियामा पुन :गणनामा बाइडेनको शानदार बिजयी ,ट्रम्पलाई ठूलो धक्का

इनेप्लिज २०७७ मंसिर ५ गते १८:२६ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यमा गरिएको पुन :गणनामा बाइडेनको शानदार बिजयी भएको छ । यस नतिजासंगै राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनलाई ट्रम्पलाई ठूलो धक्का लागेको छ ।

सन् २०१६ मा आफूले निर्वाचन जित्दा जनताको साथ अरुले निर्वाचन जित्दा धाधली भन्ने आरोपहरुलाई बाघे झापु लागेको छ । जर्जियाका निर्वाचन अधिकारीले संख्याले कहिले धोखा नदिने भन्दै बाइडेन बिजयी भएको प्रमाणित गरेका छन ।

नोभेम्बर २० शुक्रबारका दिन जर्जियाका राज्य सचिवले उक्त घोषणा गरेका हुन् । यो बिजयीसंगै बाइडेनले १६ ईलेक्टोरल भोट (निर्वाचकीय मत ) पाउने छन् ।

जर्जियामा पुन: गणना पछि कूल १२ हजार मतले बाइडेनले ट्रम्पलाई हराएका छन् । राज्य सचिव रिपब्लिकनका रहेकोले निर्वाचकीय मत आफ्नो उम्मेदवार(ट्रम्प )ले नपाएकोमा आफू दुखि भएको बताए ।

बाइडेनको बिजयीसंगै झन्डै ३ दशकमा पहिलो पटक बाइडेनले रिपब्लिकनको अखडामा बाजी मारेका छन । यस संगै बाइडेनले कूल ३०६ निर्वाचकिय मत प्राप्त गरेका छन् । यता ट्रम्पका निजि वकिल रुडी जुलियानी अझ धाधली भनि कुर्लि रहेका छन ।

श्रोत :न्यूयोर्क टाइम्स

प्रतिक्रिया