शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:२५
वासिङटन डिसी 06:40

राष्ट्रपति निर्वाचन सुरक्षित रहेको घोषणा गर्ने अमेरिकी गृह बिभागका वरिष्ठ अधिकारी क्रेब्स ट्रम्पद्वारा बर्खास्त

इनेप्लिज २०७७ मंसिर ३ गते १२:१९ मा प्रकाशित

गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचन सुरक्षित रहेको घोषणा गर्ने अमेरिकी गृह बिभागका वरिष्ठ अधिकारी क्रिस्टोफर क्रेब्सलाई  राष्ट्रपति  डोनाल्ड ट्र्म्पले बर्खास्त गरेका छन् । शीर्ष साइबरसुरक्षा अधिकारी क्रिस्टोफर क्रेब्सलाई अचानक हटाएका हुन् ।

राष्ट्रपति ट्रम्पले गत मंगलबार राति सामाजिक संजाल ट्वीटरमा उक्त घोषणा गरेका हुन् । जसको एजेन्सीले भर्खरै २०२० राष्ट्रपति निर्वाचन सुरक्षित रहेको घोषणा गरेको थियो। क्रेब्स होमल्याण्ड सुरक्षा विभाग भित्र साइबरसुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सी(सँस्था)का निर्देशक थिए।

ट्रम्पले दाबी गरे, गलत र कुनै प्रमाण बिना क्रेब्सको सीआईएसएले २०२० को चुनावलाई इतिहासमा सबैभन्दा सुरक्षित बताउने अभिव्यक्ति “अत्यन्तै गलत” थियो भन्दै जागिरबाट हटाए।

ट्रम्पको कानुनी टोलीले अहिलेसम्म निर्वाचनमा धाधली भएको भन्दै आरोप लगाई विश्वसनीय प्रमाणहरु प्रस्तुत गर्न असफल भएकोले मुद्धा जहाँ पनि फिर्ता लिनु पर्ने र मुद्धा खारेजीमा परेका छन् ।

“२०२० को चुनावको सुरक्षाको सम्बन्धमा क्रिस क्रेब्सको भर्खरको वक्तव्य एकदम गलत थियो किनभने त्यहाँ मरेका व्यक्तिलाई मतदान गर्ने लगायत मतदान केन्द्रहरुमा मतदान गर्ने यन्त्रहरुमा ‘ग्लिचहरू’ (त्रुटि)लगायत व्यापक अनियमितता र ठगी भएको थियो भनि उल्लेख गरेका छन् । आफ्ना पर्यवेक्षकलाई चुनावमा सहभागी हुन् नदिएको र यन्त्रमा चलाखी गरि पछि ट्रम्पबाट बाइडेनलाई मत गरिएको समेत आधारहिन कुराहरु उल्लेख गरेका छन ।

त्यसैले तुरुन्तै लागु हुने गरि उनिलाई हटाइएको कुरा सार्वजनिक गरेका छन् ।

श्रोत :सिबिएस /एबिसी/सिएनएन

 

प्रतिक्रिया