शुक्रबार, साउन १५ २०७८
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ,४५५ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक २४ गते ११:२४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ७ सय ८७ पुगेको छ । यसै गरि एकैदिनमा ४ सय ५५ जनाको मृत्यु भएको छ । गत आइतबार नोभेम्बर ८ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।

बिगत एक हप्ता देखि हरेक दिन १ लाख नयाँ कोरोनाबाट संक्रमित हुनेको संख्या जोन्स हप्किन्स बिश्वबिद्यालयले देखाएको छ । हाल सम्म कूल संक्रमितको संख्या १० करोड १५ लाख ५५ हजार पुगेको छ । कूल मृत्यु हुनेको संख्या २ लाख ४२ हजार २ सय ४ पुगेको छ ।

यसै गरि हाल सम्म कूल निको हुनेको संख्या ३८ लाख ८० हजार पुगेको छ ।

श्रोत :सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया