शनिबार, मंसिर २० २०७७
काठमाडौं १७:४१
वासिङटन डिसी 06:56

ट्रम्प ३ वटा राज्यहरुमा अझै अगाडी ,पुन राष्ट्रपति हुन् एरिजोना या नेभादा जित्नु पर्ने

इनेप्लिज २०७७ कार्तिक २० गते ११:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रिप्ब्लिकन दलका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प अझै ३ वटा राज्यहरुमा अगाडी रहेका छन् । उनले उक्त राज्यहरुमा मत गणना सुरु भए देखि बाईडेनलाई लगातार पछाडी पारि रहेका छन् ।

र अहिले सम्म पनि जित्न दिएका छैनन । तर यी तीनै राज्यहरुमा ट्रम्पले जितेता पनि बिजयी हुदैनन । चमत्कार र पासा पल्टाउन कुनै पनि हालतमा एरिजोना र नेभादा उछिट्याउनु पर्ने हुन्छ ।

तर मत गणनाको मुल्यांकन गर्दा जो बाईडेनले जित्ने दिएका छैनन । बाइडेन अगाडी को अगाडी नै रहेका छन । यता बाइडेन पेन्सेलभेनिया र जर्जियामा धेरै अन्तरको फरक रहेता पनि हुलाक द्वारा आएका मतपत्र गणना सुरु भए पछि निकै अगाडी बढेको देखिन्छ ।

जर्जिया रिपब्लिकनको राज्य हो र जहिले पनि रिपब्लिकनले चुनाव अत्यधिक मतले जित्ने राज्य हो । जो सुकै रिपब्लिकनबाट उम्मेदवार बनेको छ भने बिजयी हुने गर्छन ।

आस्चर्यको कुरा के छ भने पेन्सेलभेनियामा ७ लाखले ट्रम्प अगाडी थिए भने हाल आएर २ लाख को अन्तरमा बाइडेन आएता पनि ट्रम्प नै उक्त राज्यमा बिजयी हुन्छन् । यसै गरि जर्जियामा पनि ट्रम्प लाखौमतबाट अगाडी रहेका थिए भने अहिले १५ हजारको मात्र फरकमा बाइडेन रहेका छन् ।

प्रतिक्रिया