आइतबार, साउन १० २०७८
काठमाडौं १५:२३
वासिङटन डिसी 05:38

बाइडेनले एरिजोना र नेभादामा जिते ,नया अमेरिकी राष्ट्रपतिको छिनोफानो हुने

इनेप्लिज २०७७ कार्तिक २० गते ११:३३ मा प्रकाशित

डेमोक्रेटिक दलका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन पछिल्लो चुनाव नतिजा अनुसार एरिजोना र नेभादा राज्यमा अगाडी रहेका छन । र गत नोभेम्बर ३ देखि नै यी राज्यहरुमा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडी पारि रहेका छन ।

यी दुई राज्यहरुका गणन अन्तिम अवस्थामा पुगेका छन् । दुवै राज्यमा अहोरात्र गणना भै रहेको छ । दुईमा ८६ प्रतिसत मत खसि सकेको छ । दुईमा आज साँझ सम्म नतिजा आउन सक्ने सम्भावना भएकोले दुईमा बाइडेनले बाजी मारेमा नया अमेरिकी राष्ट्रपतिमा बिजयी हुने पक्का छन् ।

निर्वाचन पछि बाइडेन दुई पटक अमेरिकी जनतालाई सम्बोधन गरि सकेका छन् । उनले सबैलाई धैर्य रहन आग्रह गरेका छन । यसै गरि मत गणना जारि हुँदा ट्रम्प ३ वटा राज्यहरुमा अगाडी छन ।

ट्रम्प नर्थ क्यारोलाइना ,पेनसेलभेनिया र जर्जियामा अगाडी रहेका छन । ट्रम्पले यदि नेभादा र एरिजोना मात्र एकमा बिजयी हासिल गरेमा उनि दोश्रो कार्यकालका लागि राष्ट्रपति पुन: बन्नेछन् ।

प्रतिक्रिया