शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:११
वासिङटन डिसी 08:26

नेपालीमूलका प्रदिप ढकाल भर्जिनिया हर्नडन परिषद सदस्यमा पुन:बिजयी

इनेप्लिज २०७७ कार्तिक १९ गते १३:२८ मा प्रकाशित

 

अमेरिकी राष्ट्रपतिको निर्वाचन ,सिनेट,तल्लो सदन र अन्य स्थानीय स्तरमा भएको निर्वाचनमा नेपालीमूलका प्रदिप ढकाल भर्जिनिया हर्नडन परिषद सदस्यमा पुन:बिजयी भएका छन् ।

गत नोभेम्बर ३ मंगलबार कै दिन राष्ट्रपतिको चुनाव संगै उनको पनि निर्वाचन हुँदा दोश्रो कार्यकालको लागी ढकाल बिजयी भएका हुन । अहिले सम्म आधिकारिक रुपमा बिजयी घोषणा नगरेता पनि उनले कूल ४ हजार ८ सय ३९ मत प्राप्त गरि आफ्नो सदस्य पद सुरक्षित गरेका छन् ।

उनले भर्जिनियाको हर्नडन टाउन काउन्सिल(शहर परिषद )को सदस्य पदमा दोस्रो अधिक मत प्राप्त गरेका छन ।

ईनेप्लिज परिवारको तर्फबाट नगर परिषद सदस्यमा बिजयी भएका प्रदिप ढकाललाई बधाई !

प्रतिक्रिया