आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:००
वासिङटन डिसी 17:15

ट्रम्पको चुनाव भविष्यवाणी

इनेप्लिज २०७७ कार्तिक ११ गते २३:५३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा निर्वाचन सम्बन्धि साहसिक भविष्यवाणी गरेका छन् । उनले अर्को हप्तामा हुदै गरेको चुनावको नतीजाको बारेमा सकारात्मक भविष्यवाणी गरेका छन् । उनले र उनको राजनैतिक दल रिपब्लिकनले सिनेट नियन्त्रण कायम गर्ने बताए ।

“चुनाव पछि, तपाईले राहत सहयोग प्राप्त गर्नु हुनेछ ,किनभने मलाई लाग्छ हामी उनको कारणले सदन बहुमत ल्याउने छौ ,” ट्रम्पले मंगलबार तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई व्यग्य गर्दै भने ।

ट्रम्पले हालैका दिनहरूमा मात्र हैन पटक पटक तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याउने बताई रहेका छन् । रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउन कम्तिमा १६ वटा स्थानमा चुनाव जित्नु पर्ने छ ।

“मलाई लाग्छ कि हामी सदन जित्नेछौं” ट्रम्पले गत हप्ता भविष्यवाणी गरेका थिए। “हामी हेर्नेछौं। तर मलाई लाग्छ हामी सदन जित्नेछौं।” उनले भने ।

श्रोत :सिएनएन

प्रतिक्रिया