आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:३७
वासिङटन डिसी 17:52

अमेरिकाको मिनेसोटामा ७.९ इन्च हिमपात ,४९३ वटा सवारी साधन दुर्घटना

इनेप्लिज २०७७ कार्तिक ७ गते १९:२३ मा प्रकाशित

अमेरिकाको मध्यपश्चिम राज्य मिनेसोटामा करिव ८ इन्च हिमपात भएको छ । जसको कारण सेन्ट पाउल अन्तर राष्ट्रिय विमानस्थल वरपर ७.९ इन्च हिउ परेको राष्ट्रिय मौशम विभागले जनाएको छ । जसको कारण ४ सय ९३ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएका छन् ।

जाडो मौशमको प्रारम्भ मै यति ठूलो हिमपात अक्टोबर २० ,१९१६ मा भएको राष्ट्रिय मौशम विभागले उल्लेख गरेको छ । गत मंगलबार र बिहिबार हिमपातको कारण हजारौ मानिसहरु बिजुली बिना बस्नु परेको छ ।

मिनेसोटाका उत्तरी पहाड,उत्तरी तराई,माथिल्लो मध्यपश्चिममा करिव ८ इन्च हिमपात भएको छ । गत मंगलबार बिहान ११ बजे देखि राती ८:३० सम्म ४८ वटा सवारी साधनमा सवार गर्नेहरुलाई चोटपटक लागेको छ १ जना गम्भीर घाइते भएका छन ।

यसको अतिरिक्त ६ सय १४ वटा गाडीहरुको आलम भएको जसमा २२ वटा साना मालबाहक सवारी साधनलाई निकालीएको थियो । हिमपात पछि मिनेसोटाका गभर्नरले सुरक्षित सवारी साधन कुदाउनु भनि आग्रह गरेका थिए ।

८ हजार मानिसहरुको घरमा बिजुली बत्ति गएको छ भने करिव ३५ हजार ग्राहकहरु प्रभावित भएका छन् ।

श्रोत :फक्सन्युज डटकम ,तस्बिर:एपि / मिनेसोटा राज्य प्रहरी

प्रतिक्रिया