आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:५७
वासिङटन डिसी 17:12

न्यूह्यामशरका गभर्नरका उम्मेदवार फेल्ट्सले दिए बडा दशैको शुभकामना

इनेप्लिज २०७७ कार्तिक ६ गते २१:३७ मा प्रकाशित

 

अमेरिकाको न्यूह्यामशर राज्यका डेमोक्र्याट्सका गभर्नरका उम्मेदवार डान फेल्ट्सले नेपालीहरुको महान चाड बिजय दशमीको शुभकामना दिएका छन् । उनले उक्त सन्देश भिडियो मार्फत नेपाली मूलका नेपाली/भुटानी समुदायलाई दिएका हुन् ।

उनले आफ्नो पत्नी र आफ्नो तर्फबाट शुभकामना दिएका छन् । उनले बडा दशैँ नवरात्रको शुभ अवसरमा शुभकामना दिदै नेपाली,भुटानी रभारतीय समुदायको विविधताले अझ हाम्रो समुदायलाई बलियो र उत्तम बनाउछ भने।

डान न्यूह्यामशरका डेमोक्र्याटिक दलका १५ औ जिल्लाका राज्य सिनेट हुन् । उनि सिनेटका बहुमतका नेता हुन भने २०२० को लागि डेमोक्र्याटिकबाट मनोनयन भएका गभर्नरका उम्मेदवार पनि हुन् ।

उनि बिजयी भए भने बिद्यालयको अलागी कोभिड-१९ को परीक्षण शिक्षक तथा कर्मचारीलाई निशुल्क गर्ने प्रतिबद्धता जाहेर गरेका छन । साथै बिद्यालय सुधारको लागि अतिरिक्त आर्थिक सहयोग गर्ने योजना रहेको बताए ।

श्रोत : युपीआई/ तस्बिर :भ्यालि न्युज

 

प्रतिक्रिया