आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०९
वासिङटन डिसी 18:24

ओक्लाहोमा तुल्साका नगर प्रमुख ट्रम्पको चुनाव अभियानमा सहभागी हुँदा धम्कि दिने भर्जिनियाका व्यक्ति पक्राउ

इनेप्लिज २०७७ कार्तिक ६ गते १३:२६ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा राज्यका तुल्साका नगर प्रमुख ट्रम्पको चुनाव अभियानमा सहभागी हुँदा उनलाई धम्कि दिने भर्जिनियाका व्यक्तिलाई पक्राउ गरिएको छ । र ,उक्त व्यक्तिलाई अदालतमा हाजिर गराईएको प्रहरीले जनाएका छन ।

तुल्साका नगर प्रमुख जिटि बानम तथा उनका परिवारलाई गत जुन महिनामा रास्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानमा नजान र उनलाई सहभागी नगराउन दर्जनौ बिधुतिय डाक(इमेल)तथा फोन म्यासेज(दूरवार्ता संदेश) पठाएको कारण उनलाई अभियोग लगाईएको छ ।

गत बुधबार अक्टोबर २१ का दिन उक्त अभियोग लगाईएको हो । उनि अदालतमा भौतिक रुपमा उपस्थिति नभई परोक्ष रुपमा(भर्चुअल)मार्फत हाजिर भएका थिए ।

भर्जिनिया नरफोकका ४४ बर्षिय एडम म्याक्सवेल डननामक उक्त व्यक्तिले ४४ वटा बिधुतिय डाक र १४ वटा दूरभाष मार्फत सन्देश पठाएका थिए । उनले गत जुन महिनामा पठाएको युएस अधिवक्ता ट्रेन्ट शोरले बताए ।

डनलाई ५ बर्ष सम्म कारागार हुन् सक्ने र सम्भवत जनवरीमा उनलाई कारागार चलान गरिने छ । “एडम डनको निरन्तर नगर प्रमुख तथा र उनको परिवारलाई कष्ट र परेशान गरि सीमा नाघेको उनले बताए ।

तुलसा पुलिस विभाग र एफबीआईले अनुसन्धान गरेपछि डनलाई जुलाईमा आरोप लगाइएको थियो।

श्रोत : एनबिसी४ /एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया