आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०३
वासिङटन डिसी 18:18

अमेरिकामा एकैदिनमा कोरोना संक्रमित हुनेको संख्या ६२ हजार, मृत्यु हुनेको संख्या १,१२४

अमेरिकामा कोरोना संक्रमितको संख्या उकालो लाग्दै

इनेप्लिज २०७७ कार्तिक ६ गते १०:५९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ३५ पुगेको छ । यसै गरि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत बुधबार अक्टोबर २१ का दिन २४ घण्टामा लिइएको हो । गत मंगलबार भन्दा बुधबार पुन: संक्रमित र मृत्यु हुने संख्यामा पुन :वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख २६ हजार २ सय ५६ को मृत्यु भएको छ भने ८४ लाख ९६ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३४ लाख ९० हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया