आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:४७
वासिङटन डिसी 17:02

अमेरिकी चुनावमा इरान र रसिया दुवै हस्तक्षेप गर्ने प्रयासमा

इनेप्लिज २०७७ कार्तिक ६ गते १:२८ मा प्रकाशित

अमेरिकी राष्ट्रिय गुप्तचर बिभागका निर्देशक जोन रेटक्लिफले बुधबार इरान र रसिया दुवैले चुनावमा हस्तक्षेप गर्ने प्रयासमा अमेरिकी मतदाता दर्ता सम्बन्धी जानकारी प्राप्त गरिसकेका बताएका छन ।

इरान फार राइट ग्रुप (समूह )प्राउड ब्वायको रूपमा प्रस्तुत भएको छ भने मतदाताहरुलाई धम्कीपूर्ण बिधुतिय डाक( ईमेल )पठाई रहेका छन । उनले भने, “यो तथ्याँक विदेशी कार्यकर्ताले दर्ता गरिएको मतदाताहरुलाई गलत जानकारी दिनको लागी प्रयोग गर्न सक्दछ । उनीहरुलाई आशा छ कि यसले भ्रम, अराजकता र विश्वासलाई कम गराउँछ।”

यसमा मतदाताहरुलाई धम्किपूर्ण ईमेल (बिधुतिय डाक )अभियान संचालन गर्दै आएका ईरानीहरु यसका जिम्मेबार रहेको उनले बताए ।

रिटक्लिफले भने, “हामीले इरानले मतदाताहरुलाई डराउने, सामाजिक अशान्ति र राष्ट्रपति (डोनाल्ड ट्रम्प) लाई हानि पुर्‍याउनका लागि तयार पारिएका ईमेलहरू पठाउँदै गरेको देख्यौं।”

“तपाईंले पछिल्लो २४ घण्टामा यसबारे केही रिपोर्टिंग(सूचना) देख्नु भएको हुन सक्छ, वा तपाईं ती ईमेलहरू प्राप्तकर्ताहरूमध्ये एक हुन सक्नुहुन्छ।” उनले भने ।

श्रोत :सिएनएन

प्रतिक्रिया