बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:४७
वासिङटन डिसी 11:02

स्वर्गाीय शाहप्रति ईन्जाद्धारा शोक व्यक्त

इनेप्लिज २०७७ असोज २६ गते १५:०९ मा प्रकाशित

नेपाली समुदायका बौद्धिक व्यक्तित्व प्राध्यापक डा.सुकदेब शाहको दुखद निधन प्रति नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल(ईन्जा)व्दारा शोक व्यक्त गरिएको छ । पारीवारिक श्रोतका अनुसार डा.शाहको हृदयघातबाट निधन भएको हो । हिजो अक्टोबर ११ तारिक आइतबार साँझ ६ बजे भर्जिनियाको अलेक्जेन्ड्रियास्थि निवासमा निधन भएको परिबारका एक सदस्य किरणप्रताप केसीले इनेप्लिजलाई बताएका थिए ।
लामो समयदेखि अन्तराष्ट्रिय मुद्राकोषमा अर्थ विज्ञका रुपमा कार्यरत डा.शाह नेपाली समुदायमा एक बौद्धिक अभिभावकका रुपमा मानिनु हुन्थ्यो । उहाँका हाल एक छोरा र एक छोरी अमेरिकामा नेत्र रोग विशेषज्ञका रुपमा कार्यरत छ । दुर्भाग्यबस उहाँका जेठा मनोज शाहको पनि यसै बर्ष दुखद निधन भएको थियो थियो । स्वर्गीय डा.शाह र उहाँकी धर्म पत्नि विजया केसी शाह नेपाली समाजमा प्रतिष्ठा प्राप्त दम्पति हुनुहुन्छ । डा. शाहको निधनबाट नेपाली समुदायले एक अभिभावक गुमाएको छ । स्वर्गीय शाहप्रति ईन्जा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ईन्जाले विजया शाहलगायत परिवारका सबै सदस्यहरुमा हार्दिक समबेदना प्रकट गरेको छ ।

प्रतिक्रिया