शनिबार, मंसिर २० २०७७
काठमाडौं १२:०४
वासिङटन डिसी 01:19

भर्जिनियामा रेल यात्रामा बलात्कारको प्रयास गर्ने संदिग्धको व्यापक खोजी

इनेप्लिज २०७७ असोज २१ गते ११:०६ मा प्रकाशित

 

भर्जिनियाको रेलमा बलात्कारको प्रयास गर्ने संदिग्धको व्यापक खोजी गरि रहेको प्रहरीले जनाएका छन । उक्त घटना गत मंगलबार अक्टोबर ६ का दिन बिहान भएको हो ।

उक्त संदिग्ध व्यक्तिले भर्जिनियाको सिल्भर लाइनमा यात्रा गरि रहेको समयमा मक्लिन र पूर्व फल्स चर्च बीचमा बलात्कारको प्रयास गरेका थिए । उक्त घटना ११:३० बजे १२ बजे भन्दा अगाडी घटेको प्रहरीले जनाएका छन ।

उक्त संदिग्ध व्यक्ति रेस्टन शहर स्थित विलि रेस्टन स्टेसनबाट चढेका थिए । उक्त पीडित महिला आफ्ना बच्चा संग यात्रा गरि रहेको समयमा उनले यौन आक्रमण गरेका थिए ।

महिला त्यहाँबाट भाग्न सफल भए पछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार उक्त संदिग्ध व्यक्ति फगी स्टेसन(चौकी)मा झरेका थिए ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया