मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:४३
वासिङटन डिसी 08:58

अमेरिका वाट बालबालिकाका लागि फोटो कन्टेस्ट शुरु–आवेदन खुल्ला

इनेप्लिज २०७७ असोज ७ गते ०:२८ मा प्रकाशित

Suruchee Tamanng

काठमाडौं। अमेरिकामा विगत बर्ष देखि विभिन्न इभेन्ट म्यानेज मेन्ट गर्दैआएको आर एण्ड आर ग्रुपले किड्स स्न्याप कन्टेस्ट (Kids Photo Contest) गरेको छ। १० बर्षसम्मका बाल–बालिकाका चित्ताकर्षक फोटो पठाएर भाग लिन सकिने किड्स स्न्याप कन्टेस्ट हो।

जुन कन्टेस्टमा प्रथम हुनेलाई ५ सय डलर तथा दोश्रो हुने लाई ३ सय र तेश्रो हुने लाई १ सय डलर क्यास पुरस्कार राखिएको छ।किड्स स्न्याप कन्टेस्टको आवेदन खुल्ला भैसकेको छ।

अक्टोबर ३१ तारिख भित्र बालबालिकाका फोटो पठाइ हाल्नु पर्ने र त्यसको नतिजा १४ नोभेम्बर २०२० प्रकाशित गरिने भएको छ।विश्वभरमा रहेका बच्चाहरुले भाग लिने पाउने प्रावधान राखिएको छ।बच्चाहरुभित्रको सुन्दरता तथा गौरबता लाई पहिचान गर्न यो कन्टेस्टको आयोजना गरिएको आर एण्ड आर ग्रुपका ब्राण्ड एम्बासडर अलिशा अधिकारीले enepalese.com लाई भनेकी छन्।

आवेदनमा भाग लिन तपाईहरु निम्न लिंकमा गएर क्लिक गर्न सक्नु हुन्छ–
https://www.rnrgroups.us

प्रतिक्रिया