मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:११
वासिङटन डिसी 07:26

नर्थक्यारोलाइनमा २ बर्षका बालकले बन्दुक स्वयमले थिच्दा मृत्यु

इनेप्लिज २०७७ असोज ४ गते १३:०१ मा प्रकाशित

नर्थक्यारोलाइनमा २ बर्षका बालकले बन्दुक स्वयमले थिच्दा उनको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त समयमा २ जना वयस्क र किशोरकिशोरी पनि साथैमा थिए ।

गत सेप्टेम्बर १६ का दिन नर्थ क्यारोलाइनाको फेयतभिलमा बिहानै घटेको हो । म्याकअर्थर प्लेस कम्युनिटीबाट प्रहरीलाई घटना बारेमा जानकारी गराए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

फेयतभिलमा जासुसहरुलाई गत शनिबार मात्र मृतक बारेमा जानकारी गराईएको जनाएका छन् । २ जना वयस्क र किशोरकिशोरी हुदा हुदै कसरी ती साना बालकले बन्दुक समाते र आफैलाई गोली चलाए भन्ने बिषय नै स्पष्ट भै नसकेको अवस्था रहेको छ ।

गत बुधबार नै गोली लागे पछि तुरुन्तै अस्पताल लागिएको भएता पनि चोटपटकको कारण सेप्टेम्बर १९ का दिन उनको निधन भएको थियो । बालकको नाम सार्वजनिक गरिएको छैन भने घटना अझ पनि अनुसन्धान भै रहेको छ ।

श्रोत : एबिसीन्युज ,तस्बिर :डब्लुटिभिडि

प्रतिक्रिया