आइतबार, असोज ११ २०७७
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

नाओमी ओसाकाले जितिन २०२० युएस ओपेन टेनिस प्रतियोगिता

इनेप्लिज २०७७ भदौ २८ गते १:५६ मा प्रकाशित

नाओमी ओसाकाले २०२० को युएस ओपेन टेनिस प्रतियोगिता जितेकी छिन । उनले भिक्टोरिया अजारेङ्कालाई पराजित गर्दै उक्त प्रतियोगिता जित्न सफल भएकी हुन् ।

उनले न्यूयोर्कको क्विन्समा आयोजना भएको प्रतियोगितामा १-६,६-३,६-३ ले जितेकी छिन । ओसाका र अजारेङ्का दुई हप्ता अगाडी नै पश्चिमी तथा दक्षिणी खुला प्रतियोगितामा भेट हुनु पर्ने थियो । ओसाकाको चोट लागेको कारण छोडेकी थिइन् ।

शनिबार,सेप्टेम्बर १२,२०२० मा भएको प्रतियोगितामा ओसाकाको अजारेङ्कासंग गत बर्ष २०१९ मा फ्रेन्च ओपन प्रतियोगितामा भेट भए पछि पहिलो पटक २०२० मा भेट भएको थियो । ओसाकाले तीन खेल नै जितेकी थिइन् ।

ओसाकाको यो सहित दोश्रो पटक युएस खुला प्रतियोगिता हात पारेकी हुन् । ओसाकाले सन् २०१९ को अस्ट्रेलियन ओपेन प्रतियोगिता पनि जितेकी थिइन् ।

श्रोत : सिएनएन

प्रतिक्रिया