बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:३४
वासिङटन डिसी 19:49

कोलोराडोका मालबाहक चालकले क्यान्ससमा गाडी दुर्घटना गर्दा ५ जनाको ज्यान गए पछि ५ बर्ष कैद

इनेप्लिज २०७७ साउन २६ गते २२:१५ मा प्रकाशित

कोलोराडोका एक मालबाहक(ट्रक) चालकले मिजौरीको क्यान्ससमा गाडी दुर्घटना गर्दा ५ जनाको ज्यान गए पछि उनलाई ५ बर्ष कैदको सजाय सुनाईएको छ । उनले क्यान्ससमा भयङ्कर ठूलो दूर्घटना गरेका थिए ।

५९ बर्षिय केनी फोर्ड नामक उक्त चालक कोलोराडोको ग्रिलीका निवासी हुन ।

उनलाई गत शुक्रबार अगस्त ७ का दिन उक्त सजाय पाएका हुन । उक्त चालकले सन् २०१७ को जुलाईमा क्यान्सस शहर नजिक ७० नामक अन्तरराज्य राजमार्गको बोनर स्प्रिन्ग्समा दुर्घटना गरेका थिए ।

अनुसन्धानकर्ताका अनुसार फोर्डले सम्भावित अगाडी रहेका सवारी साधनका चेतावनीको संकेतलाई ध्यान नदिए पछि उनको अर्ध-ट्रेलर (भारवाहन)गाडीले रोकिएर बसेका यातायातक तीनवटा गाडीलाई ठक्कर दिएका थिए ।

ज्यान जानेहरुमा २ जना इलिनोइस तथा ३ जना मिजौरी क्यान्सस शहरका थिए ।

श्रोत :केएनएसएस रेडियो डटकम

प्रतिक्रिया