बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:३३
वासिङटन डिसी 19:48

अमेरिकामा एकै दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ,५७ हजार मानिस संक्रमित

इनेप्लिज २०७७ साउन २१ गते ११:०८ मा प्रकाशित

अमेरिकामा बिगतका केही दिनहरु भन्दा एकै दिनमा मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मंगलबार अगस्त ४ का दिन एकैदिनमा मृत्यु हुनेको संख्यामा बिगतका केही दिनका तुलनामा करिव ५ सयको हाराहारीबाट बढेर १ हजार ३ सय ९९ पुगेको छ । अर्थात मृत्यु हुनेको संख्या दोब्बर भएको छ ।

यसै गरि कोरोना भाइरसबाट नयाँ संक्रमित हुनेहरुको संख्यामा पनि वृद्धि भै गत मंगलबार ५७ हजार ५ सय ४० पुगेको छ जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

गत सोमबार एकै दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४५ हजार ५ सय ८५ पुगेको थियो भने मृत्यु हुनेहरुको संख्या ५ सय ४२ पुगेको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको थियो ।

यसै गरि गत आइतबारको आँकडा अनुसार एकैदिनमा संक्रमितको संख्या ४७ हजार ५ सय पुगेको थियो भने अगस्त २ का दिन मृत्यु हुनेको संख्या ४ सय १३ रहेको जनाएको थियो ।

हाल क्यालिफोर्निया,फ्लोरिडा टेक्सस राज्यहरुमा संक्रमित र मृत्यु हुनेको संख्यामा बढ्दो छ । अमेरिकमा हाल सम्म मृत्यु हुनेको संख्या १ लाख ५९ हजार पुगेको छ भने ४८ लाख ७८ हजार मानिस कोभिड-१९ बाट संक्रमित भएका छन् ।

श्रोत :सिएनएन/अन्य श्रोत

प्रतिक्रिया