बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:२३
वासिङटन डिसी 19:38

पोटोम्याक नदीमा ३ जना मानिस बेपत्ता,उद्धार टोलीले व्यापक खोजी गर्दै

इनेप्लिज २०७७ साउन १९ गते ११:१६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्य नजिक डिसी छेउको पोटोम्याक नदीमा डुङ्गामा स्वर ३ जना मानिसहरु बेपत्ता भएका छन । डिसी अग्नि तथा आकस्मिक उद्धार टोलीले सामाजिक संजाल मार्फत डुंगामा सार भएका ३ जना यात्री डुंगाबाट खस्दा हराई रहेको जनाएका छन ।

उनीहरुको व्यापक खोजी भै रहेको छ । गत आइतबार वाशिंगटन डिसी को दक्षिणपश्चिम नजी रहेको पोटोम्याक नदीमा उक्त दुर्घटना भएको हो ।

डिसी अग्नि तथा आकस्मिक उद्धार टोलीका अनुसार डुंगाबाट खसे पछि उनीहरु पुन सतहमा नआएको जनाएका छन । उक्त घटना करिव ५:४० मा घटेको विभिन्न संचार माध्यम तथा उद्धार टोलीले जनाएका छन ।

पोटोम्याक नदी संयुक्त राज्य अमेरिकाको मध्य एटलान्टिक क्षेत्र भित्र पर्दछ भने पोटोम्याक उच्च भूमिबाट चेसापिक खाडीमा बग्दछ। उक्त नदि करिव ४०५ माइल लामो छ ।

श्रोत :डब्लुटिओपी ,तस्बिर कृतज्ञता :एलिओट गुडम्यान

प्रतिक्रिया