आइतबार, साउन २२ २०७९
काठमाडौं २१:४८
वासिङटन डिसी 12:03

डिसीमा प्रेमिकाको हत्या गरेको अभियोगमा प्रेमी पक्राउ

इनेप्लिज २०७७ साउन ९ गते २३:५१ मा प्रकाशित

डिसीमा गत एक हप्ता भन्दा अगाडी देखि हराई रहेकी एक महिलाको हत्याको आरोपमा उनका प्रेमीलाई पक्राउ गरिएको छ । डिसी महानगर प्रहरीले उनले हत्या गरेको हुन् सक्ने भएकोले उनलाई पक्राउ गरिएको जनाएको छ ।

३४ बर्षिय ओल्गा उरो नामक महिलाको शव हाल सम्म प्राप्त भएको छैन । प्रहरीले उनलाई जुलाई १७ का दिन हत्या गरिएको विश्वास गरेका छन । त्यही दिन उक्त महिलालाई डिसीको उत्तरपश्चिमको म्यासाचुसेट्स मार्ग को ३०० भवनसमूहमा देखिएको थियो ।

डिसी महानगर प्रहरीले डिसी दक्षिणपूर्वका उनका ५५ बर्षिय प्रेमी डारनेल स्टरलिङ्गलाई दोश्रो श्रेणीको हत्यामा संलग्न हुन् सक्ने भएकोले उनलाई अभियोग लगाईएको छ ।

गत जुलाई १६ सम्म उरो आफ्नो घरमा आएर प्रेमी संग रात्री भोजन उनको छोरासंग खाएकी थिइन् । महिलाको छोराले उक्त भवनका मानिसहरुलाई आफ्नो आमालाई जुलाई १६ देखि नदेखेको बताएका थिए ।

उक्त भवनमा जडान गरिएका अङ्कीयदृश्य(सर्भिलेन्स फुटेज )को प्रमाण अनुसार उरो आफ्नो प्रेमी संग भएको देखाएको छ । जव सम्म उनको शव फेला पदैन तव सम्म यो मामला अझै अनुसन्धानमा रहने छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया