आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:३७
वासिङटन डिसी 22:52

मेरिल्याण्डका ४ निजि अस्पतालले सबैलाई कोभिड-१९ को जाँच गर्न नसकेको कारण जरिवाना

इनेप्लिज २०७७ असार २६ गते २३:३२ मा प्रकाशित

मेरिल्याण्डका ४ निजि अस्पतालले सबैलाई कोभिड-१९ को जाँच गर्न नसकेको कारण जरिवाना तिर्नु परेको छ । मेरिल्याण्ड संघिय सरकारले उक्त ४ निजि अस्पताल तथा पुनर्स्थापना केन्द्रले त्यहाँका निवासी तथा कर्मचारीलाई कोरोना भाइरसको जाँच गर्न असमर्थ भएकोले दण्ड लगाइएको छ ।

मेरिल्याण्डको प्रिन्स जर्ज काउन्तिका भिटा एडेल्फी नर्सिङ्ग होम एण्ड रिहाब तथा बाल्टिमोर को रंगशाला नजिकको नर्सिङ्ग एण्ड रिहाव सेन्टरलाई १० हजार डलर जरिवाना लगाइएको छ ।

यसै गरि मोन्टगोमेरी काउन्टीका पोटोम्याक भ्याली रेहबिलीटेसन एण्ड हेल्थकेयर सेन्टर तथा ग्लेन बर्निका बर्नी हेल्थ तथा रिहाबिलिटेसनलाई ४ हजार डलर जरिवाना तोकिएको छ ।

श्रोत :एसोसिएट प्रेस

प्रतिक्रिया