बुधबार, साउन २८ २०७७
काठमाडौं १६:५३
वासिङटन डिसी 07:08

चट्टानबाट पोटोम्याक नदीमा खसेका किशोरको उद्धार

इनेप्लिज २०७७ असार २२ गते १०:३८ मा प्रकाशित

चट्टानबाट २० फुट मूनि पोटोम्याक नदीमा खसेका एक किशोरको उद्धार गरिएको छ । १८ बर्षिय किशोरलाई गत आइतबार जुलाई ५ को दिन डिसी अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार टोलीले बचाएका हुन् ।

उक्त किशोर माथिबाट खसे पछि उनलाई चोट पटक लागेको थियो । उक्त दुर्घटना फ्लेचरको बोटहाउस नामक स्थानमा करिव ४:४२ मिनेटमा भएको थियो । डिसी अग्नी नियन्त्रणका अनुसार उनि गम्भीर घाइते भएता पनि खतरामूक्त रहेका छन् ।

उनलाई पहिला उद्धार टोकरी(बास्केट)मा गरिएको थियो भने पछि डोरी लगाई उनलाई किनारा ल्याइएको थियो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया