बिहीबार, असार २५ २०७७
काठमाडौं १६:३९
वासिङटन डिसी 06:54

भर्जिनियाका सिनेटर वार्नरलाई ध्वनिसन्देशबाट मार्ने धम्कि दिने मानिस गिरफ्तार

इनेप्लिज २०७७ असार १५ गते २२:३३ मा प्रकाशित

भर्जिनियाका सिनेटर वार्नरलाई ध्वनिसन्देशबाट मार्ने धम्कि दिने मानिसलाई गिरफ्तार गरि अभियोग लगाइएको छ । उनि भर्जिनियाका तर्फबाट अमेरिकी सिनेटर हुन् ।

भर्जिनिया बीच(समुद्र-तट)का एक मानिसले सिनेटरसंग सामाजिक सुरक्षा (सोसल सेक्युरिटी)सम्बन्धि मतभेद हुँदा उनले ध्वनिसन्देश(भ्वाईसमेल)बाट मार्ने धम्कि दिएकोले उनलाई संघीय अदालतमा तानिएको छ ।

युएस क्यापिटोल प्रहरीका बिशेष गुप्तचरले वार्नरको भर्जिनिया स्थित आबिङ्गडन कार्यालयमा गइ उक्त व्यक्तिले ध्वनिसन्देश सुनेका थिए । गत जुन २ मा जेन नामक व्यक्तिलाई गिरफ्तार गरिएको थियो । उनलाई प्रथम अदालतमा दृश्यपरिषद(भिडियोकन्फेरेन्स)को माध्यमबाट उपस्थिति गराईएको थियो ।

उनको मुद्धालाई भर्जिनियाको पूर्वीय जिल्लामा स्थान्तरण गरिएको छ भने आगामी जुलाई १ का दिन अलेकज्यानड्रियामा अदालतमा उपस्थित हुने छन् ।

यस बिषयमा अनुसन्धान गरे पछि जेनीले सन् २००८ मा पनि कैयौ सांसदहरुलाई यस्तै ध्वनीसन्देश छोडेको पत्ता लागेको छ । प्रहरीसंग अगाडी सम्पर्क हुँदा जेनले आफू घरबार बिहान र भर्जिनिया बीचमा कुनै शरणस्थल (शेल्टर)मा बसोबास गर्ने बताएका थिए । उनी ५ बर्ष सम्म कैद पर्न सक्ने छन् ।

सिनेटर वार्नर यस क्षेत्रमा निकै चर्चित छन् भने सन् २००९ देखि नै युएस सिनेटर रहदै आएका छन् । अलेकज्यानड्रिया निवासी वार्नर डेमोक्रेटिक दलका हुन् भने सन् २००८ मा सिनेटरमा निर्वाचित भएका हुन् । हार्भर्ड कानुन बिद्यालय तथा जर्ज वाशिंगटन बिश्वबिद्यालयबाट उच्च अध्ययन गरेका हुन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया