सोमबार, असार २९ २०७७
काठमाडौं १७:३९
वासिङटन डिसी 07:54

कनेक्टिकट प्रहरीले शस्त्रधारी फरार खतरनाक हत्याराको खोजी,सबैजना सतर्क हुन् आब्हान

इनेप्लिज २०७७ जेठ ११ गते १९:०७ मा प्रकाशित

कनेक्टिकट राज्य प्रहरीले एक शस्त्रधारी फरार खतरनाक हत्याराको खोजीलाई व्यापक बनाएको छ । र प्रहरीले सबैलाई साबधान र सतर्क हुन् आब्हान गरको छ ।

प्रहरीका अनुसार महा-बिद्यालय(कलेज)का बिद्यार्थी समेत रहेका २३ बर्षका युवालाई प्रहरीले ६२ बर्षिय मानिसलाई हत्या गरि भागेकोमा खोजी गरि रहेको बताएका छन् ।

उक्त संदिग्ध बिधार्थीलाई मृतक मानिसले आफ्नो सवारी साधनमा राखेर ल्याएका थिए । तर उक्त बिधार्थीले उक्त मृतकको घर फोडेर बन्दुक चोरी फरार रहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका स्वाट(बिशेष हतियार तथा युद्द कौशल)टोलीले उक्त संदिग्ध व्यक्ति संग नजिक नआउनु भनि सामाजिक संजाल फेसबुक(अनुहार किताब )बाट उक्त आग्रह गरेका छन । उनलाई डेर्बीको ओसबोर्नेडेल राज्य उद्यानबाट भागेका पिटर म्यानफ्रेडोनियालाई खोजी गरी रहेको जनाएका छन् ।

घटना पछि कनेक्टिकट बिश्व बिद्यालयमा भर्ना भएका उक्त बिधार्थीले घटना पछि सवारी साधन चोरेर हिडेका छन् ।

प्रहरीका स्वाट(बिशेष हतियार तथा युद्द कौशल)टोलीले संदिग्ध व्यक्ति ज्यादै खतरनाक भएकोले सावधान रहनु भनि ध्यानाकर्षण गराएका छन् । प्रहरीले म्यानफ्रेडोनियालाई गत शुक्रबार मे २२ देखि खोजी गरि रहेको छ भने उनले दुई जना बृद्ध मानिसहरुलाई समेत सांघातिक हमला गरेका थिए ।

मृतक थियोडरकी पत्नी सिन्थिया डीमर्सले कनेक्टिकट कै चर्चित दैनिक पत्रिका हार्टफोर्ड कुरान्टलाई म्यानफ्रेडोनिया सडकमा हिड्दै गरेको र उनको भटभटे(मोटर साईकल)लाई सहयोग चाहिएको बताएका थिए ।

उनले जो कोहीले पनि उनलाई चढाउन सक्थ्यो पत्रिकालाई भनिन । मेरा छिमेकी जो कोही पनि हुन सक्थ्यो तर मेरो पति पर्यो भनिन । उनको पति र छिमेकी संदिग्ध संग छुटे पछिकेही मिनेट पछि उनका पति र अर्को व्यक्ति भेटिए।

दोस्रो पीडित अत्यन्त गम्भीर भएको र तिनीहरूले घाइतेको अवस्था बारेमा बयान गर्न सकेनन । गत शनिबार राती म्यानफ्रेडोनियाले विलिङ्गटनको घर फोडी बन्दुक र कार(सवारी साधन) सहित फरार रहेता पनि सवारी साधन उद्यानमा फेला परेको थियो ।

संदिग्ध २३ बर्षिय बिधार्थी म्यानफ्रेडोनियाको हुलिया ६ फिट ३ इन्च र २ सय ४० पाउण्ड रहेको प्रहरीले जनाएका छन् । उनले खैरो गन्जी (टि-सर्ट)र खैरो नै सुरुवाल(प्यान्ट)लगाएका छन् ।

प्रहरीका अनुसार उनि युनिभर्सिटी अफ कनेक्टिकटका र न्युटाउनको स्याण्डी हुक फाँटका स्कूल अफ ईञ्जिनियरिङ्ग/स्कुल अफ बिजिनेस कार्यक्रमका बिधार्थीमा भर्ना भएको जनाएका छन् ।

श्रोत : डेली बिस्ट/हार्टफोर्ड कुरान्ट/ तस्बिर : कनेक्टिकट राज्य प्रहरी

प्रतिक्रिया