बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:२८
वासिङटन डिसी 02:43

समय सापटी लिदैं अतिथिले नै रोजेको सामाजिक कार्यमा सहयोग दिदैं सन्तोष सापकोटा

इनेप्लिज २०७७ जेठ १० गते २३:१३ मा प्रकाशित


सन्तोष सापकोटाका भिन्न भिन्न रुप छन् । टिकटकमा कलाकारझैं लाग्छन् । पेशाले चिकित्सक हुन् । समय सान्दर्भिक कविता लेख्छन् । अमेरिका नेपाल मेडिकल फाउण्डेशनका निवर्तमान अध्यक्ष सापकोटाको रुचि भने पत्रकारितामा रहेछ र अहिले सुरु गरेका छन् टक सो ‘सापटी’ ।

अतिथिहरुको समय सापटी लिएर दर्शकहरु समक्ष विचार पुर्याउने भएकोले उनले आफ्नो कार्यक्रमको नामनै ‘सापटी’ राखिदिए । कोरोना संक्रमण फैलिएसंगै धेरै टेलिभिजन प्रस्तोताहरुले होम स्टुडियोवाट प्रसारण सुरु गरे, जुम लगायत अन्य भर्चुअल प्रोग्रामहरु आएपछि यो सहज पनि वन्यो । यही परिवेशमा सन्तोषले सुरु गरेको कार्यक्रम सापटी लोकप्रिय पनि वनेको छ ।

यतिवेला हरेक क्षण सामाजिक सञ्जालमा होम स्टुडिओवाट पत्रकार या सौखिनहरुले लाइभ गरिरहेका हुन्छन्, तर यहीवीचमा सन्तोषले भने अलि भिन्न ढंगले कार्यक्रमलाई अगाडि वढाएका छन् ।

पहिलो त उनले आफुले वोलाएका अतिथिको समयको मूल्य तिर्छन १० हजार रुपिंया तर सो मूल्य अतिथिले नभएर उनले भनेको सामाजिक संस्थाले पाउंछ । दोश्रो उनी आफुले दिएको १० हजार रुपिंयामा ढुक्क भएर वस्दैनन्, अतिथिले सिफारिस गरेको संस्थालाई थप रकम जुटाइदिन प्रयास गर्छन ।

सापटी कार्यक्रमको पहिलो अतिथि थिए, चर्चित कलाकार हरिवंश आचार्य । कलाकार आचार्यले सन्तोषवाट प्राप्त हुने १० हजार रुपिंया मानव सेवा आश्रमलाई दिन सिफारिस गरेका थिए तर तत्कालै सो कार्यक्रम हेरिरहेका दर्शकहरुले पनि सहयोग रकम थप्दै गए ।

सापटीको पहिलो भागवाट १ लाख २७ हजार रकम जम्मा भएको छ, कार्यक्रमका कार्यकारी निर्माता डा. प्रकाश पौडेलले आफ्नो फेसवुक पेजमा उल्लेख गरेका छन् ।

सापटीको हिजोको दोश्रो भागमा नेपालका चर्चित चिकित्सक डा. भगवान कोइराला अतिथि थिए । कार्यक्रममार्फत थुप्रै चिकित्सक र सर्वसाधारणहरुले डा. कोइरालाले नेतृत्व गरिरहेको काठमाडौं इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थका सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए । सापटीको अवको कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि हुनेछन् ।

इनेप्लिज डटकमका शुभेच्छुक समेत रहेका सापकोटाले सुरु गरेको सापटी कार्यक्रमले पत्रकारिता र समाजसेवालाई संगसंगै अगाडि वढाओस्, हाम्रो तर्फवाट हार्दिक शुभकामना ।

सन्तोष सापकोटाले लेखेको समय सान्दर्भिक कविता :

आप भूल गए मोदी जी, हम नही भूले

हमारे और आपके लोग एक-दुसरे की ईज्जत करते हैं
सदियों से लाखों रिस्तेसे भी जुडे
बहुत से लोग एक ही भगवान को पूजते हैं
आप भूल गए मोदी जी हम नहीं भूले

सारे भारतवासियों के लिये जो फसल आप उगाते हैं
सिंचने का पानी हमारे सिने से हि जाता हैं
बाढ से खुद भुखे रहे पर आपको खिलाए
आप भूल गए मोदी जी हम नहीं भूले

ब्रिटिसों से भारत की आजादी कराने के लिए
ढेर सारे नेपालीयों ने आन्दोलन में हिस्सा लिए थे
कइ हमारे तो आपके जेल में मरे
आप भूल गए मोदी जी हम नहीं भूले

जब-जब भारत युद्धमे सामिल हुए
हमारे लोग हि आगे-आगे रहे
अपने जान दिए पर आप कि माँ को बचाए
आप भूल गए मोदी जी हम नहीं भूले

एक होकर रहे हजारौं परिवारों का खुशी
सारे फसल की खुशबू और गोर्खाली खुनका कर्ज तो भूल देंगे
पर आप भी हमारी तरह राम और कृष्ण के शरण में हि चलेंगे ना
पाप क्या है मोक्ष क्या है ये आप भूल गए मोदी जी
पर हम नहीं भूले

भगवान राम नहीं भूलेगें
भगवान कृष्ण भी नहीं भूलेगें

डा सन्तोष सापकोटा (नेपाल से)

 

 

 

प्रतिक्रिया